कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिका-१२ मा रहेको ज्ञानज्योति मावि चप्परगौडीको सहजीकरणमा बालबालिकाले आफ्नो कला र क्षमता प्रस्तुत गरेका छन् ।
कोहलपुर नगरपालिकाका ६ वटा विद्यालयहरुको सहभागितामा बैज्ञानिक तरिकाबाट नयाँ नयाँ आविस्कार गर्ने र प्रयोगमा कसरी ल्याउन सकिन्छ भन्ने विषयमा एक हप्ताको तालिम आज समापन भएको छ ।

कोहलपुर नगरपालिकाका त्रिभुवन मावि हाइस्कुल, ज्ञानज्योति मावि चप्परगौडी, बाल शिक्षा मावि भरैया, कृष्ण मावि कौशिलानगर, नेपाल राष्ट्रिय मावि खड्कवार र ज्ञानज्योति मावि वगियाका विद्यार्थीहरुले वैज्ञानिक तरिकाबाट कृर्षि उत्पादन, विद्युत उत्पादन, मल तथा विउविजन उत्पादन कसरी गर्न सकिन्छ भन्ने विषयमा एक हप्ताको तालिम सञ्चालन भएको थियो ।
त्यसमध्ये उत्कृष्ट रुपमा प्रस्तुत गरिएको थियो सेन्सर सहितको स्मार्ट सिटि । यो चित्रमा समेत देख्न सकिन्छ ।

‘स्माट सिटी बनाउन के के आवश्यकता पर्छ ? र के के गर्नुपर्छ ? भन्ने विषयमा जानकारी पाएको र आफूले लिएको तालिमले पढनपाठनमा समेत ठुलो सहयोग गर्र्यो’ भन्छन् तालिममा सहभागि त्रिभुवन माविका छात्र मोहन रोकाय ।
तालिमपश्चात तारहरु जोड्ने, ट्राफिक चिन्ह, हाईड्रोपावरहरुको सप्लासर्य, शिक्षा, स्वास्थ्य क्षेत्रलाई व्यवस्थापन गर्न सजिलो भएको रोकाय भन्छन् ।
यस्तै अर्को तालिममा सहभागि आयूद ढकालले वैज्ञानिक तरिकबाट कृर्षि उत्पादन, मल उत्पादन लगायत अन्य क्षेत्रमा उपकरणको सदुपयोगबाट छिटो र छरितो काम गर्न सकिने र राम्रो लाभ लिएको र सिप सिकेको बताए ।

यस्तै ज्ञानज्योति मावि चप्परगौडीका प्रअ विनोद लम्सालले वैज्ञानिक तरिकाबाट बालबालिकाले सिक्न चाहान्छन् सोही अनुसार तालिम दिएको बताए ।
विश्वमा भएका अनेकौ विद्युतीय उपकरणहरुलाई स्थानिय सामग्रीको प्रयोगबाट पनि बनाउन सकिन्छ भन्ने ध्येयका साथ यो तालिम सञ्चालन भएको बताए ।
कोहलपुर नगरपालिकामा ६ वटा विद्यालयहरुबाट करिब ४२ जना बालबालिकाको सहभागिता थियो ।
प्रमुख प्रशिक्षक प्रोफेसनल डा. ईन्जिनियर रशेम कुमार मास्के रहेका थिए भने विकल्प ढुंगाना, संगम थापा, नितिन श्रेष्ठ, रजिन रञ्जित, सुभेष गुरूङ सहयक प्रशिक्षकको रुपमा रहेका थिए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्