Kohalpur Today Header Ads

नेपालगञ्जमा पूर्ण रुपमा हट्यो निषेधाज्ञा र कर्फ्यु




कोहलपुर ।

बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा विगत एक हप्तादेखि जारी कर्फ्यु पूर्ण रुपमा हटाइएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीले सूचना जारी गरी मंगलबारदेखि लागेको कर्फ्यु पूर्ण रूपमा हटाइएको उल्लेख गरेका हुन्।
नेपालगञ्जमा हिन्दु र मुस्लिम समुदायबीच तनाव उत्पन्न भएपछि स्थानीय प्रशासनले कर्फ्यु र निषेधाज्ञा लगाएको थियो।

LIfe Ok

गत असोज १६ गते दिउँसो १ बजेदेखि नेपालगञ्जमा कर्फ्यु लगाइएको थियो।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० असोज २३ गते मंगलबार