कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिका-११ गोलपार्कमा कार्तिक १ गतेदेखि नापी र मालपोत कार्यालय सञ्चालन हुने भएको छ ।
विगत लामोसमयदेखि अलपत्र रुपमा रहेको नापी र मालपोत कार्यालय कार्तिक १ गतेबाट सञ्चालन हुने भएपछि कोहलपुर लगायत बैजनाथ र राप्तीसोनारी गाउँपालिकाका स्थानियहरु उत्साहि भएका छन् ।
भूमि व्यवस्था, सहकारी तथा गरीवी निवारण मन्त्रालयको च.नं. १४२४ मिति २०७८ चैत २२ गतेको पत्र बमोजिम नेपाल सरकारको मन्त्रिपरिषदबाट चैत १७ गते र २०८० भदौ १२ गतेको निर्णय भए बमोजिम कोहलपुरमा कार्तिक १ गतेबाट नापी र मालपोत सञ्चालन हुने भएको हो ।
कोहलपुर नगरपालिकाको गोलपार्कमा सञ्चालन हुने लागेको नापी र मालपोत कार्यालयले कोहलपुर नगर क्षेत्रका सबै वडा, बैजनाथ गाउँपालिकाका टिटिहिरिया, बनकटवा, नौवस्ता, चिसापानी र बेलवा, राप्तीसोनारी गाउँपालिकाका हालका वडा नं. १, २, ८ र ९ का बासीहरुलाई सेवा प्रवाह हुने मालपोत कार्यालय कोहलपुरका प्रमुख दिनेश भण्डारीले बताए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्