मोटरसाइकल चोरीमा संलग्न दुई जना पक्राउ

कोहलपुर ।

इलाका प्रहरी कार्यालय कोहलपुरले मोटरसाइकल चोरीमा संलग्न दुई जना पक्राउ गरेको छ ।

असोज १० गते, असोज १४ गते र असोज २० गते विभिन्न स्थानबाट चोरी गरेको अभियोगमा दुई जनालाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बाँके कोहलपुर नगरपालिका वडा नं ४ बस्ने सलिम हलवाई र मोहम्मद सफिक बेडुवा रहेका छन् ।

म्याद थप गरी अनुसन्धान भइरहेको इप्रका कोहलपुरका डिएसपी सुन्दर तिवारीले बताए ।

घटना १

यामराज भारतीको कोहलपुर नगरपालिका ११ एम.आर. स्टेशनरी अगाडी पार्किङ गरी राखेको भे ७ प ७६०७ नम्बरको मोटर साईकल चोरी भएको थियो ।

घटना २

रामचन्द्र पराजुलीको ईलाका प्रहरी कार्यालय कोहलपुर नजिकमा पार्कीङ गरी राखेको लु ७६ प २३४० नम्वरको पल्सर मोटर साईकल चोरी भएको थियो ।

घटना ३

डण्ड प्रसाद धमालाको पनि आफ्नो डेरा कोठा बाहिर पार्किङ गरी राखेको सु.प.प्र.०१००८ प १६७ नम्वरको पल्सर मोटर साईकल चोरी भएको थियो ।