Kohalpur Today Header Ads

प्राज्ञिक विद्यार्थी परिषद, नेपाल कोहलपुर नगर कमिटीको अध्यक्ष पुनः शर्मा




भगवती पोख्रेल, कोहलपुर ।

बागेश्वरी बहुमुखी क्याम्पसमा प्राज्ञिक विद्यार्थी परिषद्, नेपालले एक दिवसीय नगर अभ्यास वर्ग कार्यक्रम गरेको छ ।

सोमबार ‘ज्ञान, शील र एकता’ भन्ने मुल नाराका साथ प्राज्ञिक विद्यार्थी परिषद्, नेपाल कोहलपुर इकाई समिति, बाँकेले एक दिवसीय नगर अभ्यास वर्ग कार्यक्रम गरेको हो ।

LIfe Ok

कार्यक्रममा प्राज्ञिक विद्यार्थी परिषद् नेपाल कोहलपुर नगर कमिटी अध्यक्ष एकराज शर्माले ज्ञान के हो ? शिल के हो र एकता के हो ? भन्ने विषयमा आफ्नो धारणा राखेका थिए ।

‘आजको समयमा विद्यार्थीले किताबको ज्ञान मात्र होइन, अन्य ज्ञानलाई पनि ग्रहण गरेर अगाडी बढ्नुको विकल्प छैन’ उनले भने, ‘अनौपचारिक शिक्षाले औपचारिक शिक्षालाई मद्दत गरी कर्तव्य, जिम्मेवारी, धैर्यता, ईमानदारीता र क्रियाशिलताबाट मात्र व्यक्ती सक्षम र सबल भई लक्ष्यमा पुग्न सक्छ ।’ पछिल्लो अवस्थामा विद्यार्थीहरुको नैतिकता र ईमानदारिता र एकताको भावनामा कमि भएको गुण भएको बताए ।

यस्तै प्राज्ञिक विद्यार्थी परिषद् नेपालका राष्ट्रिय संगठनका सचिव रमेश कडेलले नेपालका आदर्श पुरुष गौतम बुद्ध, जसले ज्ञानको आधार तयार गरेको बताए । नेतृत्व पहिचान गरी आदर्श पुरुषका भनाइहरु अंगिकार गर्नुपर्ने र गौतम बुद्धका चार आर्यसत्यबाट यो परिषदको चिन्तन रहेको कडेलले वताए ।

यस्तै बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरका स्वतन्त्र विद्यार्थी यूनियनका अध्यक्ष देवेन्द्र बुढाले आम विद्यार्थीमा नेतृत्वको सीप, बोली वचनको सीप हुनुपर्नेमा जोड दिए भने सबै विद्यार्थीहरु ज्ञान, शिल र एकतामा लाग्न अनुरोध गरे ।

यस्तै प्राज्ञिक विद्यार्थी परिषदका कर्णाली प्रदेश उपाध्यक्ष भिम रोकायले प्राज्ञिक विद्यार्थी परिषद कोहलपुर नगर कमिटीलाई पुर्नगठनको प्रस्ताव पेश गर्दै आगामी दिनमा सबै एकजुट भएर विभिन्न काम गर्न अनुरोध गरे ।

आगामी दिनको कार्यदिशा प्रदान गर्न नगर स्तरिय नयाँ नेतृत्व समेत छनौट गरेको छ । उक्त कार्य समितिले मध्यपश्चिम विश्वविद्यालय बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरका उप प्राध्यापक एकराज शर्माको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समिति छनौट गरेको छ ।

जसमा प्राज्ञिक विद्यार्थी परिषद् नेपाल कोहलपुर नगर अध्यक्ष एकराज शर्मा, उपाध्यक्षमा कल्पना खत्री , सचिवमा अप्सरा रावल, सह-सचिवमा भेषराज धमला, कोषाध्यक्षमा कमल चन्द, नगर पत्रिका संयोजकमा सिवानी विश्वकर्मा र छात्रा प्रमुखमा प्रतिक्षा बाँठा चयन गरेको हो ।

यस्तै सदस्यहरुमा कमला खनाल, दुर्गा प्रसाद चौधरी, स्वस्तिका बस्नेत, मुस्कान बम, मिना खनाल, हरि भुषाल, जीवन वलि, सेखर विश्वकर्मा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरिएको हो ।

कार्यक्रममा कर्णाली प्रदेश सह-सचिव पवन शाही, कर्णाली प्रदेश सह-छात्रा प्रमुख दिपा वलि लगायत प्रदेश सदस्यहरुको उपस्थित रहेको थियो भने बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुर र ज्ञान बहुमुखी क्याम्पसका विद्यार्थीहरु सहभागि भएका थिए । कार्यक्रम सञ्चालन जनता रैकाले गरेकी थिइन् ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० असोज २२ गते सोमबार