कोहलपुरका १ हजार ५ सय जना किशोरीलाई आत्मरक्षा तालिम

कोहलपुर ।

कोहलपुर नगरपालिकामा महिला हिंसा न्यूनिकरण गर्ने उद्देश्यले १ हजार ५ सय किशोरीलाई आत्मारक्षा तालिम प्रदान गरिएको छ ।

देशका विभिन्न क्षेत्रका महिलामाथि हुने बलात्कार, जबरजस्ती करणी, कुटपपिट जस्ता घटना मौलाउदै गएको बेला बाँके जिल्लाको कोहलपुर नगरपालिकाको नगर खेलकुद विकास समितिको अयोजनामा किशोरीलाई आत्मारक्षा तालिम दिइएको हो ।

महिला तथा किशोरीहरुमाथि अझै पनि हाम्रो समाजमा धेरै घटना हुने गरेकाले त्यसको अन्त्यका लागि यो तालिमले धेरै कुरा सिकाएको नगर उपप्रमुख संगिता सुवेदीले बताइन् ।

उनले भनिन्, ‘बालिका, किशोरीदेखि महिलामाथि हुने दुर्व्यवहारलाई अन्त्य गर्न आफूले सिकेर मात्र होइन् सिकेका कुरालाई अन्य साथीहरुलाई सिकाउन सके राम्रो प्रभाव पर्छ ।

यस्तै नगर खेलकुद विकास समितिका संयोजक बुद्धि थापाले सुरुआती चरणमा आक्रमणबाट कसरी बच्ने, संवेदनशील अंगमा बचावट गर्नेदेखि उल्टै प्रहार गर्ने लगायतका गतिविधि प्रशिक्षण दिइएको बताए ।

आफूमाथि हुने अप्रत्यक्ष र प्रत्यक्ष यौनहिंसा, दुर्व्यवहारबारे सचेतना परामर्श लिएपछि किशोरीलाई आत्मरक्षाका लागि तयार गराएको थियो ।
किशोरी विद्यार्थीहरूले तालिममा सिकेका ज्ञानको बारेमा छोटो–छोटो प्रस्तुति प्रदर्शन गरेका थिए ।

कार्यक्रममा कोहलपुर नगरपालिकाका सामाजिक विकास समिति संयोजक ईश्वरी विक, त्रिभुवन माध्यमिक विद्यालयका प्रअ देवका थापा बस्नेत, सहायक प्रअ रिसि शर्मा लगायत पत्रकारहरुको समेत उपस्थित भएको थियो भने त्रिभुवन माविका शिक्षक एलवि क्षेत्रीले कार्यक्रम सञ्चालन गरेका थिए । प्रशिक्षकहरुलाई सम्मान समेत गरिएको थियो ।

तालिममा कोहलपुर नगरका कक्षा ११ र १२ का किशोरीहरुलाई तालीममा सहभागिता भएका थिए ।