जन ज्ञान ज्योतिमा बालबालिकासंग किरणको उज्यालो ‘सृष्ट्रि चक्र’

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका १ मा रहेको जन ज्ञान ज्योति माध्यामिक विद्यालयमा लेखक किरण आचार्य र बालबालिकासंग अन्र्तक्रिया कार्यक्रम गरेकी छिन् ।

आइतबार एक औपचारीक कार्यक्रम गरी बाल क्लबका उपाध्यक्ष यशोदा पोण्डेको अध्यक्षतामा भएको कार्यक्रममा लेखक किरण आचार्य र बालबालिकासंग अन्तक्रिया कार्यक्रम गरेकी हुन् ।

यस्तै कार्यक्रमका प्रमुख अतिथि तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खिमलाल शर्माले बालबालिकाहरुको सृजनशिल क्षमताको प्रशंसा गर्दै उनिहरुको अन्तरनिहित क्षमता प्रस्फुटन गराउन विद्यालयले यस्ता किसिमका कार्यक्रमहरु आयोजना गरेकोमा बिषय शिक्षक र विद्यालय परिवारलाई धन्यवाद ज्ञापन गरे ।

यस्तै प्रा.डा.जनार्दन आचार्यले विद्यालयले गरेको रचनात्मक कार्यक्रम प्रति खुशी व्यक्त गर्दै बालबालिकालाई उर्जाशिल बनाउन विद्यालय परिवारले गरेको सहयोग अनुकरणीय रहेको बताए ।

यस्तै प्रधानाध्यापक सुमित्रा न्यौपाने बालबालिकालाई समय सुहाउँदो शिक्षा दिन र विद्यालय प्रयत्नशील रहने कुरा बताउँदै बालबालिकामा पठन संस्कृतिको विकास गर्नका विभिन्न स्थानीय लेखकसँग साक्षात्कार गराउँदै पुस्तकसँग सम्बन्धित अन्र्तक्रिया राख्ने गरेको बताइन ।

कक्षा ११ र १२ का विद्यार्थीको नेपाली विषयको प्रयोगात्मक कार्यक्रम सञ्चालन गर्ने क्रममा साहित्यकार किरण आचार्यको लघुुकथा संग्र्रह ‘सृष्टि चक्र’को विवषयमा अन्तरक्रिया गरिएको थियो ।

यस्तै विद्यालयका शिक्षक गायत्री हमालले लघुकथा सृष्टि चक्रमाथि समिक्षात्मक टिप्पणी गर्दै लघुकथा संग्रहले देश, परिस्थिति, राजनीतिक अवस्था र त्यसले पारेको प्रभाव, महिला पुरुष बिचको सम्बन्ध र अन्तरद्घन्द्घ, शिक्षा क्षेत्रमा देखा परेका समस्या, धार्मिक तथा आध्यात्मिक चिन्तन लगायत विविध बिषयका कथावस्तु समेटेको हुनाले एकपटक सबैले पढ्नुपर्ने कृति भएको उल्लेख गरिन् ।

साहित्यकार कल्पना खरेल, वरिष्ठ सल्लाहकार एकदेव पन्थी, सहायक प्र.अ.रामप्रसाद चापागाईं लगायले कृतिमाथि आफ्नो धारणा राखेका थिए ।

चारवटा समुहमा विभाजन भएका बालबालिकाले सोधेका प्रश्न र जिज्ञासाको उत्तर दिदै बालबालिकाको क्षमता र सक्रियता सराहनीय रहेको कुरा व्यक्त गरेका थिए ।

यस्तै कार्यक्रमको पहिलो खण्डमा विद्यालयको वार्षिक कार्यक्रम अनुसार सफल व्यक्तिसँग परिचय कार्यक्रम अन्तर्गत धम्बोजी मा.वि.का पूर्व प्रअतथा अग्रज साहित्यकार किरण आचार्यले आफ्नो बाल्यकाल, पढ्नका लागि गरेको संघर्ष र प्राप्त भएको सफलताको बारेमा जानकारी दिएकी थिइन् । उनले मानिस सफल बन्न निरन्तर मिहिनेत र सँगसँगै अनुशासन हुनुपर्ने कुरामा जोड दिएकी थिइन् ।