३ लाख बराबरको प्रतिबन्धित औषधि बरामद

नेपालगन्ज।

भारतबाट नेपालमा ल्याइँदै गरेको अवस्थामा ठूलो परीमाणमा प्रतिबन्धित औषधि बरामद भएको छ।

विराटनगर महानगरपालिका वडा नं १३ जतुवा नहर छेउमा भारतबाट नेपालतर्फ अवैध रुपमा भन्सार छली ल्याउँदै गरेको औषधिहरु प्रहरीले बरामद गरेको हो।

प्रहरीले ओकेरोन ३६४ पिस, माइको फिट २ डब्बा, नसानोल २ डब्बासमेत गरी ३ लाख २१ हजार चार सय बराबरको औषधि बरामद गरेको छ।

उक्त औषधि आवश्यक कारबाहीको लागि औषधि व्यवस्था विभाग विराटनगर बुझाइएको प्रहरीले जनाएको छ।