प्यालेस्टिनी लडाकू समूह हमासले इजरायलमाथि गरेको आक्रमणमा १० जना नेपालीको मृत्यु भएको छ। शनिबार बिहान हमासले गरेको घातक रकेट आक्रमणमा परेर १० जना नेपालीको मृत्यु भएको इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले पुष्टि गरेकी छन्।
उनकाअनुसार अन्य चार जना घाइतेकाे अस्पतालमा उपचार भइरहेकाे छ। त्यस्तै एक जना सम्पर्कविहीन छ।
दूतावसका अनुसार मृत्यु हुनेमा :
– कैलालीकाे घोडाघोडी– ४ का नारायण न्यौपाने
– बझाङकाे जयपृथ्वी– ६ का गणेशकुमार नेपाली
– कैलालीकै बाउनिया– ३ का आशिष चौधरी
– दार्चुलाकाे लेकाम– ५ का दीपेशराज विष्ट
– धनुषाकाे सपही– ६ का आनन्द साह
– सुनसरीकाे मधुवान– १ का राजेशकुमार स्वर्णकार
– डाेटीकाे पाँचनलीका राजन फुलारा
– डाेटीकै लामिखाल– ८ का पदम थापा
– सल्यानकाे सारदा– ३ का प्रवेश भण्डारी
– दार्चुलाकाे मालिकार्जुन– ४ का लोकेन्द्र सिंह धामी रहेका छन्।
उनीहरुकाे शव नेपाल ल्याउने व्यवस्था गरिँदैछ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।











प्रतिक्रिया दिनुहोस्