जन्मदिनको अवसरमा राप्तीसोनारी २ का अध्यक्ष वलीले ४० जना बालबालिकालाई पोशाक वितरण




राप्तीसोनारी ।

राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष ज्ञानेन्द्र राज वलीले आफ्नो जन्मदिनको अवसरमा ४० जना बालबालिकालाई विद्यालयको पोशाक वितरण गरेका छन् ।

राप्तीसोनारी-२ मा रहेको जय दुर्गा आधारभूत विद्यालयका ४० जना गरिव तथा विपन्न परिवारका बालबालिकालाई आफ्नो जन्मदिनको अवसरमा पोशाक वितरण गरेका हुन् ।

विद्यालयमा रहेका विपन्न, टुहुरा तथा असाहाय बालबालिकाहरुलाई पठनपाठनमा सहयोग पुर्‍याउने उद्देश्यले बालबालिकालाई पोशाक उपलब्ध गराएको वडा अध्यक्ष वलीले बताए ।

सरकारले निशुल्क शिक्षा वितरण गदै आएको भएपनि विद्यालय पोशाक किन्न समेत गाह्रो पर्ने अभिभावक भएकोले यस्तो सहयोग गरेकोमा जन्मदिनको शुभकामना दिदै विद्यालयका प्रधानाध्यापक काली बहादुर विष्टले धन्यावाद दिए ।

पोशाक पाएपछि विद्यार्थीहरु हर्षित भएका थिए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० असोज १७ गते बुधबार