Kohalpur Today Header Ads

विकासमा फड्को मार्दै कोहलपुर १३




डिल्ली शाही, बाँके ।

बाँकेको कोहलपुर नगरपालिका वडा नं. १३ चौराहदेखि करिब २ किलोमिटिरमा अवस्थित छ । नेपालमा संघीय शासन प्रणाली लागूभएपछि भौगोलिक दृष्टिकोणले पछाडी परेको कोहलपुर १३ विकास उन्मुख वडाको रुपमा विकास भएको छ ।

यो वडाबाट ९१.२१ वर्ग .कि.मि.क्षेत्रमा फैलिएको छ । यो वडामा ८५ प्रतिशत भु-भाग खेतीयोग्य जमिनले ओगटेको छ भने ६० प्रतिशत भन्दा बढी यहाँ कृषि पेसामा आवद्द छन् । कतिपय किसानहरु गाई, भैँसी र बाख्रा पालन व्यवसायमा गरिरहेका छन् ।

LIfe Ok

नवनिर्वाचित जनप्रतिनिधिहरुले ग्राभेल सडक, स्वास्थ्य, कृषि, खानोपानी, विद्युत र टेलिकम विस्तारपछि स्थानियहरु निकै खुसी भएका छन् । कोहलपुर १३ का वडा अध्यक्ष डम्बर बहादुर खड्काले पर्यापर्यटनको विकास र कृषि हव बनाउने योजना सहित काम गरिरहेका छन् ।

निर्वाचित भएको १ वर्षमा गाउँको मुहार परिर्वन गर्न निकै मेहनत र परिश्रम गरेका खड्काले बाँके राष्ट्रिय निकुञ्जसंग समन्वय गरी घरपालुवा जनवार, मानविय क्षति हुन जोगाउन मेषजाली लगाएका छन् ।

कोहलपुर १३ करिब ११ वटा मध्यवर्ती क्षेत्रसंग जोडिएको छ । कृषि उत्पादन र कृषि पशुपंक्षिहरुलाई जंगली जनवारहरुले जोगाउन मेषजाली लगाएका हुन् । जनपतिनिधि खड्काले विद्युतसंग समन्वय गरी विद्युत पोलहरुमा वक्ति जडान आवतजावतमा यहाँका स्थानियहरुलाई निकै सहज भएको छ ।

प्रत्यक्ष अनुभव गर्ने विकास

दोस्रो कार्यकालका लागि निर्वाचित भएका वडा अध्यक्ष्य डम्बर बहादुर खड्काले वडा विकासको लागि विहान देखि रात अबेरसम्म जनताको सेवामा सर्मपित हुँदै आएका छन् ।

वडा अध्यक्ष्य र वडा सदस्य बिच हरेक विकास निर्माणका काममा एकमतका साथ समन्वय हुँदै अगाडी बढेको देख्न सकिन्छ । खड्काले भौतिक पूर्वाधारतर्फ विशेष पहल गर्दै समग्र वडाको विकासमा चासो र चिन्तन रहेको बताए ।

जनताले प्रत्यक्ष अनुभव गर्ने गरी धारा जडान, तारवार, ह्मुपाईम, पक्की नाला, समरसेल धारा जडान, ग्राभेल, विद्युत विस्तार, मेषजाली लगायत सडक स्तर उन्नती गरेको देख्न सकिने वडा अध्यक्ष खड्काले बताउँछन् ।

पर्यटकीय गन्तव्य

हात्तिसार पर्यटकीय क्षेत्र र होमस्टेका कारण खड्कवार सबैको गन्तव्य हुन पुगेको वडा अध्यक्ष खड्का भन्छन्, हात्ति हेर्ने र हात्तिमा सवारका लागि आन्तरीक तथा बाह्य पर्यटकहरु आउने क्रम पनि बढेको पाइन्छ ।

पर्यापर्यटनको सम्भावना बोकेको कोहलपुर १३ मा हात्तिसार, होमस्टे र स्मार्ट कृषि गाउँले निकै सुन्दर देखिन्छ । जसमध्ये भरैया, खड्कवार र सिम्री छन् ।

यो वडाको पर्यटकीय सम्भावना बोकेको एउटा प्रमुख केन्द्र हो । यसको विकास र विस्तार गर्न पर्यटन मन्त्रालय तथा पर्यापर्यटन सम्बन्धी काम गर्ने विभिन्न निकायहरुमा बजेटको माग सहित समन्वय निरन्तर रहिरहेको वडा अध्यक्ष खड्का बताउँछन् ।

विकासका कामसंगसंगै जनतासंग प्रत्यक्ष जोडिन विभिन्न तालिम तथा गोष्ठी र अभिमूखिकरण कार्यक्रमहरु समेत गर्दै आएका छन् ।

कोहलपुर १३ लाई पर्यटकीय क्षेत्रमा विकास गर्न हात्तिसार र होमस्टे र कृषि हव बनाउन स्मार्ट कृषि गाउँ निर्माण गरी पकेट क्षेत्र बनाई नयाँ योजना सहित अगाडि बढेको देखिन्छ ।

इन्टरनेटको पहुँच

कोहलपुर १३ मा इन्टरनेटको विकास नवनिर्वाचित वडा अध्यक्ष र सदस्यहरुको पहलमा नेपाल टेलिकमको टावर भरैयामा राखेका छन् । यहाँका नागरिकहरुले सञ्चार गर्न निकै कठिन थियो ।

घटना होस्, या दुर्घटना हुँदा प्रहरी र एम्बुलेन्सहरुलाई खबर गर्न निकै कठिन समस्या भोगिरहेका थिए । कोहलपुर १३ का जनताले नवनिर्वाचित जनप्रतिनिधिहरुले सम्पर्क गर्दा वा कल आउँदा नेटवर्क आउने जाने समस्याबाट छुट्कारा पाएको भन्दै स्थानिय निकै खुसी छन् ।

शिक्षा, स्वास्थ्य र कृषि

कोहलपुर १३ मा बाल शिक्षा मावि भरैया र नेराआवि सिम्रीमा रहेका छन् । विद्यालय आउने जाने समस्या भोगेका विद्यार्थीहरुलाई पुल निर्माण भएका छन् । बालशिक्षा मावि नजिकै रहेको खोलामा पुलको समस्या रहेको थियो तर झोलुङ्गे पुल निर्माण हुँदा विद्यार्थीहरु आवातजावत गर्ने समस्या टरेको छ ।

झोलुङ्ग पुलसम्म आउन पनि अझै केही टोलबाट दुई वटा खोलाबाट पार गर्नुपर्ने समस्यालाई सम्बोधन गर्न चालू आर्थिक वर्षमा बजेट निनियोजन गरी काम सुरु भएको वडा अध्यक्ष खड्का बताउँछन् ।

खड्का भन्छन्, बालशिक्षा माविको वडा अध्यक्ष निर्वाचित हुनुभन्दा पहिले विव्यस अध्यक्ष थिए । विद्यालयमा गर्नुपर्ने भौतिक पूर्वाधार, खानेपानी लगायत अन्य पूर्वाधारहरुको व्यवस्थापन गरेको बताए ।

स्वास्थ्य सेवा लिन राती जङ्गलको बाटो हिड्नुपर्ने र सर्प, जनवारको डर त्रासमा आउनुपथ्र्यो, अहिले विद्युत गएपछि निकै सहज र सजिलो भएको वडा सदस्य बल बहादुर घर्तीले बताउँछन् ।

सडकमा ग्राभेल भएको र सवारी साधनहरु आवातजावत गर्न सजिलो भएकोले आधारभुत स्वास्थ्य सेवा केन्द्र सेवाग्राहीहरुको संख्या बड्दै गएको स्वास्थ्य सेवा केन्द्रका इन्चार्ज प्रकाश विश्वकर्माले बताउँछन् । स्वास्थ्य सेवा केन्द्र स्थापना पश्चात वडाबासीहरुले स्वास्थ्य सेवामा सहज रुपमा पहुच पुगेको छ ।

कृषि क्षेत्रको पकेट बनाउन वडा अध्यक्ष डम्बर खड्काले नयाँ योजना सहित काम गरिरहेका छन् ।

११ वटा मध्यवर्ती क्षेत्रसंग प्रत्यक्ष जोडिएकोले कोहलपुर १३ वडालाई मेषजाली अति आवश्यक छ । घरपालुवा जनवार र कृषि खेतीलाई जंगली जनवारबाट जोगाउन निकै कठिन थियो तर अहिले मेषजाली लगाएपछि सहज भएको छ ।

कोहलपुर १३ मा बाँके राष्ट्रिय निकुञ्जसंग जोडिएका जनकल्यान, नमूना, रानीधार, बहिनी खोला, जम्दी भवानी, बुलबुले, प्रगतिशिल, दलित हित, मनकामना, भेरी र लालमटिया मध्यवर्ती सामुदायिक वनहरु रहेका छन् ।

यहाँ बन्दा, काउली, टमाटर, आलु, करेला, लौका, फर्सी लगायत बेमौसमी तरकारीहरु उत्पादन हुन्छ । उत्पादन भएको कृषि बजारसम्म ल्याउन सडक स्तरउन्नती भएपछि सहज भएको छ ।

बजारसम्म पुगेपनि किसानहरुले भनेजस्तो मुल्य नपाउनु र कम मुल्यमा विक्रि वितरण गर्नु यहाँको प्रमुख समस्या हो । कोहलपुर नगरपालिकाका १५ वटा वडा मध्ये १३ नम्बर वडालाई कृषि हव बनाउने योजना सहित अगाडि बढेको पाइन्छ ।

नवनिर्वाचित वडा अध्यक्ष डम्बर खड्का र खगीसरा वली, बल बहादुर घर्ति, रुद्र कली विश्वकर्मा र गोमा कुमारी खनाल थापा रहेका छन् ।

गत वर्ष गरे काम

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० असोज १७ गते बुधबार