सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न नेपालगञ्जबासीलाई अपिल

बाँके ।

नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) ले  बाँकेको नेपालगञ्जबासीलाई सामाजिक सद्भावलाई प्रगाढ बनाउन अपिल गरेका छन् ।

नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) ले प्रेस विज्ञप्ती जारी गर्दै नेपालगञ्जबासीलाई सामाजिक सद्भावलाई प्रगाढ बनाउन अपिल गरेका हुन् ।

सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न र सम्पूर्ण धार्मिक आस्थावान, जातजाती, भाषाभाषी लगायत सबै आम नेपालीहरु एकताबद्ध भएर एकअकार्को धार्मिक आस्था माथि उच्च सम्मान गर्दै सबैले आफ्नो स्थानबाट सहयोग गर्नुपर्ने भन्दै अपिल गरेका हुन् ।