कोहलपुर ११ मा पनि जग्गा नापजाँच सुरु

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका–११ मा जग्गा नापजाँचको काम आजदेखि सुरु भएको छ । कोहलपुर नगरपालिका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले उद्घाटन गर्दै भूमिहिन, दलित र अव्यवस्थित बसोबासीहरुको जग्गा नापजाँच सुरु भएको हो ।

आचार्यले कोहलपुर नगरपालिका वडा नं. १, २, १२, १० वडामा नापजाँच कार्य पूरा भइसकेको र आइतबारदेखि १४ र सोमबारदेखि ११ मा समेत नापजाँचको कार्य सुरु भइसकेको बताए ।

कोहलपुर नगरबासीहरुले नगरपालिकाको अभियानहरुलाई साथ सहयोग गर्दै अगाडी बढ्न अनुरोध गरेका थिए भने अभिभावकको प्रत्याभूति हुने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

यस्तै कोहलपुर नगरपालिका ११ का वडा अध्यक्ष कल्पना शर्मा (अधिकारी)ले नाँपजाँच कार्य सुरुभएपछि स्थानिय मात्र होइन हामी पनि निकै खुसी भएको बताए ।
आजका मितिमा ८ सय ३७ जना अव्यवस्थित, भूमिहिन दलित र सुकुम्बासी १ सय ४८ र नयाँ फर्म संकलन भएका १५ जना रहेका छन् । आजबाट क्याम्पस टोलबाट नापजाँच कार्य सुरु भएपछि स्थानियहरु निकै उत्साहित बनेका छन् ।

सबै टोलहरुमा नापजाँच काम हुनेछ,’ वडा अध्यक्ष शर्माले भनिन्, ‘निरन्तर नापजाँच गरी आफ्नो कार्यकालमा लालपूर्जा वितरण गर्ने लक्ष्यका साथ काम गरेकी छु ।’
वडाबासी लगायत राजनितिक दल, संघसंस्थाहरुलाई नापजाँच कार्यमा सहयोग र सहकार्य गर्न वडा अध्यक्ष शर्मालेले आग्रह गरिन् ।

यस्तै कार्यक्रममा कोहलपुर नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष विरेन्द्र शाह, ११ वडाका पूर्व अध्यक्ष कर्ण बहादुर थापा, राष्ट्रिय भूमि आयोगका विज्ञ सदस्य अशोक पोख्रेल, भूमि आयोगको जिल्ला मिना सिग्देल र भगवती अधिकारी, नापी कार्यालयबाट सुर्य ढकाल, बागेश्वरी बहुमुखी क्याम्पस प्रमुख दान बहादुर हमाल र विभिन्न राजनितिक दलका प्रतिनिधि लगायत स्थानियहरुको उल्लेखनिय उपस्थति रहेको थियो भने कार्यक्रम वडाका सदस्य सुधन ढकालले सञ्चालन गरेका थिए ।