नगर स्तरीय मावि र आविको चित्रकला प्रतियोगितामा जनज्योति पब्लिक प्रथम

कोहलपुर ।

राष्ट्रिय बाल दिवसको अवसरमा कोहलपुर नगरपालिकामा आधारभुत र माध्यामिक विद्यालय स्तरीय चित्रकला प्रतियोगितामा जनज्योति पब्लिक स्कुल प्रथम भएको छ ।

‘सामाजिक विकृति तथा विसङ्गति र अपराध विरुद्ध बालबालिकाको जागरुक बनाउने’ उद्देश्यले आयोजना भएको चित्रकला प्रतियोगितामा आवि र माविमा जनज्योति पब्लिक स्कुल प्रथम भएको हो ।

‘अवसर हामीलाई दिनुहोस्, परिवर्तन सबैका लागि ल्याउने छौं’ भन्ने मुल नाराका साथ नगर स्तरीय युवा क्लब सञ्जाल र बाल क्लब सञ्जालको आयोजना र इलाका प्रहरी कार्यालय कोहलपुर, क्रिसा बाँके, प्याब्सन बाँके, एन प्याब्सन बाँकेको सहकार्यमा शुक्रबार चित्रकला प्रतियोगिता भएको थियो ।

प्रतियोगितामा जनज्योति पब्लिक स्कुलका माविमा निशान्त बिष्ट र आविमा श्रृष्टी शाही प्रथम स्थान प्राप्त गरेका छन् ।

यस्तै आवितर्फ डायनामिक माध्यामिक स्कुलकी एञ्जिली पुन र मावि तर्फ कोहलपुर बागेश्वरी स्कुलकी रक्षा शाही द्धितीय स्थान प्राप्त गरेका छन् ।

यस्तै आवितर्फ निम्बल एकेडेमीकी आरजु पाण्डे र मावितर्फ कोहलपुर वागेश्वरीका प्रिन्स विक तृतिय स्थान प्राप्त गरेका छन् ।

चित्रकला प्रतियोगिता कार्यक्रमका प्रमुख अतिथि तथा कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले बालबालिकाका क्षेत्रमा नियमित नयाँ नयाँ कार्यक्रम गरिराख्न अनुरोध गरेका थिए ।

बालबालिकाका अन्तरनिहित प्रतिभाहरुलाई उजागरण गर्ने र नयाँ विषय बस्तुलाई सिक्ने र सिकाउने वातावरण बनाउने सहयोग गर्ने क्लबका बालबालिका, इप्रका, क्रिसा, प्याब्सन र एन प्याब्सनलाई धन्यवाद दिए भने यस्ता कार्यक्रमलाई नगरपालिकाले समेत सहयोग गर्ने आचार्यले प्रतिबद्धता व्यक्त गरेका थिए ।

यस्तै एन प्याब्सन बाँकेका सचिव तथा क्रिसाका अध्यक्ष वेगम चन्दले बालबालिकाको विकास र क्षमता पहिचानका लागि विभिन्न समयमा विभिन्न कार्यक्रम गर्न आवश्यक रहेको बताए ।

विभिन्न कार्यक्रम गर्दा सामुदायिक विद्यालय र संस्थागत विद्यालय विच आपसी समझदारी गर्दै विभिन्न शैक्षिक क्रियाकलाप गर्नुपर्ने एन प्याब्सन बाँकेका अध्यक्ष चन्दले बताए ।

यस्तै प्याब्सन बाँकेका अध्यक्ष यम रावतले किताबको ज्ञान भन्दा बाहिरको ज्ञान अति आवश्यक रहेको बताए ।

हरेक बालबालिकाहरुलाई साँस्कृति, विकृति, रितिरिवाज र लागूऔषध दुव्र्यसनि, सडकमा बाटो काट्दा जान्नुपर्ने विषयहरुलाई बढि केन्द्रित गरी क्रियाकलाप गराउनु अहिलेको आवश्यकता रहेको उनको भनाई थियो ।

यस्तै कार्यक्रममा नगर स्तरीय युवा क्लब सञ्जालका अध्यक्ष रमेश वरको अध्यक्षतामा भएको कार्यक्रममा कोहलपुरका सामुदायिक र संस्थागत विद्यालय गरी ४३ वटा विद्यालयहरुले चित्रकला प्रतियोगितामा सहभागि भएका थिए ।