Kohalpur Today Header Ads

नेशनल प्याब्सनको केन्द्रिय सदस्यमा श्याम कुवर मनोनित




करिब दुई दशक शिक्षण पेसामा बिताइसक्नु भएका नेशनल प्याब्सन बाँकेका निवर्तमान अध्यक्ष श्याम कुवर नेशनल प्याब्सनको केन्द्रिय सदस्यमा मनोनित हुनु भएको छ । कुँवरलाई नेशनल प्याब्सन केन्द्रिय समितिको आज बुधबार बसेको बैठकले मनोनित गरेको हो ।

केन्द्रिय सदस्यमा मनोनित हुनुभएका कुवरले बिद्यालय र विधार्थिको हकहितका लागि केन्द्रमा ससक्त रुपमा लागि पर्ने बताउनुभयो ।

गुणस्तरिय शिक्षामा जोड दिदै उहाँले आफुले ससक्त भुमिका निर्वाह गर्नेमा विश्वास ब्यक्त गर्नुभयो । उहाँले आफू नेशनल प्याब्सन बाँकेको अध्यक्ष रहदा पनि नियमित रुपमा जिल्लादेखि केन्द्रसम्म गुणस्तरिय शिक्षाका लागि पहल कदमी गर्नुभएको छ ।

LIfe Ok

यसका लागि विभिन्न चुनौतिहरुलाई झेल्दै शैक्षिक बातावरण सहज बनाउन उहाँले खेलेको भुमिकालाई मुल्यांकन गरी गरिएको यो निर्णयमा कुवरले खुसी ब्यक्त गर्नुभयो ।

कुवर विक्रम संवत् २०५५ सालदेखि शिक्षा क्षेत्रमा सेवारत हुनुहुन्छ । उहाँ हाल बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ५ स्थित हिमालय बिद्या निकेतन संचालकको रुपमा समेत कार्यरत हुनुहुन्छ ।

कक्षा ११ सम्म संचालित बिद्यालयमा १२ सय बिद्यार्थि अध्ययनरत छन । उहाँ जिवनको सम्पुर्ण समय शिक्षा क्षेत्रमा नै खर्चनै सोचमा हुनुहुन्छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० असोज १० गते बुधबार