नेपाली महिला फुटबल टिम जापानसँग ८-० ले पराजित

काठमाडौँ ।

एशियन गेम्स अन्तर्गत महिला फुटबलमा नेपाल जापानसँग फर्किलो गोल अन्तरले पराजित भएको छ । सोमबार सम्पन्न खेलमा जापानले नेपाली महिला फुटबल टिमलाई ८-० गोल अन्तरले पराजित गरेको हो ।

जापानले पहिलो हाफमा ५ गोल गरेको थियो भने दोस्रो हाफमा ३ गोल गरेको थियो । फिफाको महिला टिमको वरियतामा जापान आठौँ स्थानमा रहेको छ भने नेपाल १०१औं स्थानमा रहेको छ ।

एशियन गेम्समा नेपाली महिला फुटबल टिमको लगातार दोस्रो हार हो । नेपाल यसअघि पहिलो खेलमा भियतनामसँग २-० गोल अन्तरले पराजित भएको थियो ।

एशियन गेम्स अन्तर्गत नेपालले आफ्नो समुह चरणको अन्तिम खेल विहिबार बंगलादेशसँग खेल्ने तालिका रहेको छ ।