विद्यार्थीको कथा समेटिएको ‘परदेशी–२’ प्रचारप्रसारमा तिव्रता, यहि असोज २६ गतेबाट प्रदर्शनमा आउने

भगवती पोख्रेल, कोहलपुर ।

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी–२’ को कोहलपुरको बागेश्वरी बहुमुखी क्याम्पसमा प्रचारप्रसार गर्न टोलि आइपुगेको छ ।

वडादसैँको अवसर पारेर असोज २६ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘परदेशी–२’ को प्रसारप्रचारमा आज बागेश्वरी बहुमुखी क्याम्पसमा टोली आइपुगेको हो ।

नेपालगन्ज र कोहलपुर लगायतका विभिन्न विद्यालय तथा शिक्षण संस्थाहरुमा ‘परदेशी–२’ को प्रचार गर्ने क्रममा बागेश्वरी बहुमुखी क्याम्पस पनि उनिहरुको रोजाईमा परेको थियो ।

देश एवम् विदेशम ख्याती कमाएका कलाकारलाई स्वागत गर्न पाउनु सौभाग्य भएको निमित्त क्याम्पस प्रमुख पुस्करनाथ रिजालले वताए ।

कार्यक्रममा ‘परदेशी–२’ का कलाकारबाट नृत्य र नाटक समेत प्रस्तुत गरिएको थियो ।

नायिका केकि अधिकारीले कोहलपुर आफ्नो रोजाईको स्थान भएको नौलो स्थान नभएर यस अघिका चलचित्र पनि कोहलपुरदेखि नै सुरु गरिएको उनले बताइन् ।

चलचित्र निर्देशक दिलिप रायमाझीले कोहलपुरमा निकै सौन्दर्य र रमणीय वातावरणमा क्याम्पस रहेकोले क्याम्पसको प्राङ्गनमा आउने बितिकै निकै आनन्दित तुल्याएको वताए ।

लोक गायक एवम् अभिनेता प्रकाश सपुतले क्याम्पस परिवारलाई धेरै धेरै धन्यवाद दिएका थिए । उक्त कार्यक्रमको सुरुवातमा उप प्राध्यापक एकराज शर्मा सहजीकरण गरेक थिए ।

कार्यक्रममा ग्य्राजुएट स्कुल अफ एजुकेसनका विभागी प्रमुख ज्ञानेन्द्र शाही, ग्य्राजुएट स्कुल अफ मानविकी एवम् सोसियल साईन्सका विभागीय प्रमुख खोपिराम वलि क्षेत्री लगायत प्राध्यापक, कर्मचारी र स्ववियू एवम् विद्यार्थी र मिडियाकर्मीहरुको उपस्थित थियो ।