‘कोहलपुर दोस्रो गोल्ड कप-२०८०’ लाई संघीय संसद सुर्य ढकालले ५ लाख दिने घोषणा




कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर २ को १३ विगाहमा ‘कोहलपुर दोस्रो गोल्ड कप-२०८०’ सुरु हुन लागेको छ ।

शनिबार कोहलपुर ११ मा दशविगाहमा रहेको होटल घैटोमा भएको कार्यक्रममा  बाँके क्षेत्र नं. १ का संघीय संसद सुर्य ढकालले कोहलपुर दोस्रो गोल्ड कपलाई ५ लाख दिने घोषणा गरेका छन् ।

रेसिङ्ग सहारा क्लबले दोस्रो गोल्ड कप तयारी तथा व्यवस्थापन सम्बन्धी सुझाव संकलन तथा आर्थिक संकलनको अभियान अन्तर्गत भएको औपचारीक कार्यक्रममा संसद ढकालले ५ लाख दिने घोषणा गरेका हुन् ।

सो कार्यक्रममा राखेप सदस्य एलवि क्षेत्री, संस्थागत विद्यालय संगठन क्रिसा, एन प्याब्सन, प्याब्सनका अध्यक्ष लगायत पदाधिकारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, व्यवसायी, चलचित्रकर्मी लगायतको उपस्थिति रहेको थियो ।

सबै व्यक्तित्वहरुले आ-आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

असोज २६ गतेदेखि कार्तिक ४ गतेसम्म कोहलपुर दोस्रो गोल्ड कप हुने रेसिङ्ग सहारा क्लबका अध्यक्ष चक्र क्षेत्रीले जानकारी दिएका छन् ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० असोज ६ गते शनिबार