Kohalpur Today Header Ads

खजुरामा स्त्री रोग सम्बन्धी निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरमा ९१ जना लाभान्वित




बाँके ।

बाँकेको खजुरामा आयोजित स्त्री रोग सम्बन्धी निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरमा ९१ जनाले सेवा लिएका छन ।

खजुरा एक नम्बरमा आदर्श युवा सञ्जालले आयोजना गरेको शिविरमा भेरी अस्पताल नेपालगन्जका वरिष्ठ प्रसुति तथा स्त्रीरोग विशेषज्ञ डा. कीर्तिपाल सुवेदीले विशेषज्ञ सेवा प्रदान गरे ।

LIfe Ok

शिविरमा अधिकांश महिलाहरुको स्वास्थ्य अवस्था हेर्दा नियमित औधषी सेवन गर्न पर्ने र ल्याव परिक्षण गर्न पर्ने अवस्था देखिएको डा. सुवेदीले जानकारी दिए ।

शिविरको उद्घाटन गर्दै खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विकले आदर्श युवा सञ्जालले समाजमा आवश्यक पर्ने अत्यावश्यक सेवाका कार्यमा लागेको भन्दै धन्यबाद ज्ञापन गरे ।

शिविरमा खजुरा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख दिपक ढकालले पालिकाले स्वास्थ्य सम्बन्धमा गम्भिर रहेर कार्यक्रमहरु संचालन गरिरहेको बताए ।

शिविर संचालनमा पालिका सहकार्य गर्दै सञ्जालको कार्यलाई सहयोग गरेको थियो ।

सञ्जालका अध्यक्ष कल्पना तामाङ्खले समाजमा रहेका समस्यालाई उजागार गर्दै आइपरेका कुराहरुलाई समाधान गर्दै सेवामुलक कार्यमा सहकार्य गर्दै आएको बताए ।

तिजमा प्रथम तिज महोत्सव सफलतापुर्वक सम्पन्न गरेको सञ्जालले रमाइलो सगैं सामाजिक कार्यमा समेत अग्रसरता देखाउदै आएको छ ।

स्वास्थ्य शिविरका संयोजक तथा आदर्श युवा सञ्जाल खजुराका उपाध्यक्ष खगेन्द्र दाहालले खजुराका युवाहरुमा एकता कायम गर्न र सामाजिक कार्यमा संलग्न गराउन यस्तो कार्यक्रम आयोजना गरिएको बताए ।

स्वास्थ्य शिविरमा सञ्जालले खजुरा गाउँपालिका स्वास्थ्य शाखा, मलमपट्टी क्लिनिकसंग सहकार्य गरेको सञ्जालका सचिव सुवास निरौलाले जानकारी दिए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० असोज ६ गते शनिबार