रोकिएन शिक्षक आन्दोलन, काठमाडौंमा चौथो दिन पनि प्रदर्शन(तस्बिरहरु)

काठमाडौं ।

सरकारसँग शुक्रवार शिक्षक महासंघले ६ बुँदे सहमति गरेपनि त्यसप्रति असन्तुष्टि जनाउँदै राहत शिक्षकले आन्दोलनलाई निरन्तरता दिएका छन्। सरकारसँग सहमति भएर स्थायी प्रकृतिका शिक्षक काठबाडौंबाट फर्किए पनि राहत, अनुदान, अस्थायी र करारमा आवद्ध शिक्षकले आज पनि काठमाडौंमा आन्दोलन गरिरहेका छन् र आन्दोलनलाई निरन्तरता दिएका हुन्।

उनीहरु अहिले भेला भएर माइतीघर मण्डला र बबरमहल क्षेत्रमा प्रदर्शन गरिरहेका छन्। उनीहरुले सहमति खारेज हुनुपर्ने, शिक्षा मन्त्रीले राजीनामा दिनुपर्ने भन्दै नाराबाजी गरिरहेका छन्। प्रदर्शनका कारण बानेश्वर माइतीघर सडक खण्डमा सवारी आवागमन प्रभावित भएको छ।

सहमतिलाई उनीहरुले धोका भनेका छन् । देशभरका सामुदायिक विद्यालयमा करिब ४६ हजार राहत शिक्षक छन्।