राप्तीसोनारी ।
बाँकेको राप्तीसोनारी –४ स्थित गौरी सामुदायिक वनमा करिब ३ हजार विरुवा वृक्षारोपण गरिएको छ । जिल्ला डिभिजन वन कार्यालय बाँकेको ३ लाख ६० हजार रुपैयाको आर्थिक सहयोगसतिसार, अमला, सिसम लगायत अन्य ६ प्रजातीका गरी करिब ३ हजार बिरुवा वृक्षारोपण गरिएको र सिक्टा सव डिभिजन बन कार्यालय बैंसाले बिरुवा उपलब्ध गराएको समुहले जनाएको छ ।
वृक्षारोपण कार्यक्रम पछि प्रतिक्रिया दिदै राप्तीसोनारी गाउँपालिका वडा न ४ का वडाध्यक्ष मिनराज खड्का (सन्तोष) ले सामुदायिक वनमा गरिएको वृक्षारोपणले एकातर्फ खाली जमिनको सदुपयोग हुनुका साथै वातावरण संरक्षणमा ठुलो सहयोग पुग्ने बताए ।
साथै उनले सामुदायिक वनभित्र खाली रहेका ठाउँहरुमा वृक्षारोपण गर्नुपर्ने बताए । कार्यक्रममा बोल्दै सिक्टा सब डिभिजन वन कार्यालय बैंसाका रेन्जर मान बहादुर थापाले रोपिएका विरुवाको संरक्षण र सम्र्वद्धन गर्ने उपभोक्ताहरुको विशेष भुमिका रहने बताउदै वन प्राविधिकको सहयोग चाहिएमा जुनसुकै बेला पनि सहयोग गर्न तयार रहेको बताए ।
सो सामुदायिक वनको करिब चार हजार खाली जमिनमा वृक्षारोपण गरिने समुहका अध्यक्ष कुल बहादुर पुनले बताए । हामीले जिल्ला डिभिजन वन कार्यालयको सहयोगमा वृक्षारोपण गरिरहेका छौ यसमा सबै उपभोक्ताहरुको उपभोक्ता को जनश्रमदान सहयोग रहेको छ अध्यक्ष पुनले भने जिल्ला डिभिजन बन कार्यालयले विरुवाको संरक्षणका लागी तार जाली सहित वृक्षारोपण क्षेत्रलाइ तारबार गरिएको छ ।
वृक्षारोपण कार्यक्रममा ईलाका प्रहरी कार्यालय धाम्पुर का वरिष्ठ प्रहरी नायव निरीक्षक लक्ष्मी प्रसाद आचार्य,उपभोक्ताहरु,सर्वसाधारण लगायतको सहभागीता रहेको थियो
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।











प्रतिक्रिया दिनुहोस्