सरकार र शिक्षकहरूबीच वार्ता सुरु

काठमाडौँ ।

सरकार र आन्दोलनरत शिक्षकहरूबीच वार्ता सुरु भएको छ । गृह मन्त्रालयमा वार्ता सुरु भएको हो ।

वार्तामा आन्दोलनरत शिक्षक कर्मचारीहरूले राखेका मागका विषयमा छलफल थालिएको छ ।

वार्तामा शिक्षक कर्मचारीहरूलाई मागका विषयमा आफ्नो धारणा राख्ने समय दिइएको छ । त्यसपछि सरकारको तर्फबाट सरकारी वार्ता टोलीले आफ्नो धारणा राख्नेछ ।

विद्यालय शिक्षा विधेयकमा विमति जनाउँदै असोज २ गतेदेखि शिक्षक कर्मचारीहरू आन्दोलन गर्दै आएका छन् ।

उनीहरूले विधेयकमा विभिन्न १८ बुँदे माग संशोधनको माग राख्दै आएका छन् । आन्दोलनरत शिक्षकहरूले आन्दोलन र वार्तालाई सँगसँगै अघि बढाएका हुन् ।