मिस्टर एण्ड मिस कोहलपुर सौन्दर्य प्रतियोगिता हुदै

कोहलपुर ।

बाँकेको कोहलपुरमा ‘मिस्टर एण्ड मिस कोहलपुर’ सौन्दर्य प्रतियोगिता हुन लागेको छ ।

‘उत्खनन प्रतिभाको पहिचान कलाको’ भन्ने मूल नारा सहित कोहलपुरमा ‘मिस्टर एण्ड मिस कोहलपुर’ सौन्दर्य प्रतियोगिता हुन लागेको हो ।

शुक्रबार पत्रकार सम्मेलन गर्दै शारदा इभेन्ट् नेपालले कोहलपुरको विभिन्न ऐतिहासिक सांस्कृतिक तथा धार्मिक स्थलहरूको पर्यटन विकासमा सहयोग पुर्‍याउने उद्देश्यले यो प्रतियोगिता गर्न लागेको जनाएको छ ।

शारदा इभेन्ट् नेपालका संस्थापक रोनिश गौतमले पश्चिम नेपालको सबै भन्दा ठुलो धनराशी भएको ‘मिस्टर एण्ड मिस कोहलपुर’ सिजन २ को अडिसन कोहलपुरमा गर्न थालेको बताए ।

कोहलपुर ११ सारदा भवन कोहलपुुरमा भोली (शनिबार बाट मिस्टर एण्ड मिस कोहलपुर’ सिजन २ को अडिसन हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा प्रथम हुनेलाई नगद रु १ लाख सहित २ लाख शैक्षिक छात्रवृृति दिने शारदा इभेन्ट् नेपालका संस्थापक रोनिश गौतमले बताए ।

प्रतियोगिताले युवा युवतीहरुको व्यक्तिगत क्षमता अभिवृद्धि, प्राकृृतिक सुन्दरता, नयाँ ज्ञानको कुराको विकास गर्दै व्यक्तित्व विकास गर्ने संस्थापक रोनिश गौतमले बताए ।

सन् २०२३ पछि कोरोना महामारीका कारण प्रतियोगितालाई निरन्तरता दिन नसकेको बताउँदै आयोजक संस्थाले ४ वर्ष पछि पुनः प्रतियोगिता आयोजना गर्न लागेको बताएको छ । प्रतियोगितामा १५ देखि २५ वर्ष उमेर समूहका युवा युवती सहभागी हुन सक्नेछन् ।