कोहलपुरबाट ‘जनतासंग नेकपा एमाले’ कार्यक्रम सुरु

काेहलपुर ।

बाँकेकाे काेहलपुरबाट नेकपा एमाले (जनतासंग एमाले) भन्ने कार्यक्रम सुरू गरेकाे छ । काेहलपुर १२ बाट जनतासंग एमाले कार्यक्रम सुरू भएकाे हाे । बिहिबार वडा नम्बर १२ काे वडा कमिटिकाे बैंठकबाट साे कार्यक्रम सुरू गरिएकाे थियाे । यस्तै कार्यक्रमको अध्यक्षता वडा कमिटी अध्यक्ष प्रेम राना गरेका थिए भने प्रमुख अतिथि नेकपा एमाले बाके जिल्ला सचिवालय सदस्य तथा राष्ट्रिय युवा संघ नेपालका स्थायी कमिटी सदस्य खेमराज शर्मा गरेका थिए ।

यस्तै कार्यक्रममा जिल्ला कमिटी सदस्य केशव लम्साल, पुर्ण चन्द, एकनारायण चापागाइ, टेक राज आचार्य, रुपलाल परियार लगायत क्षेत्रीय कमिटी सदस्यहरु, नगर कमिटी सदस्यहरु को उपस्तिथि थियो।

यस्तै कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले बाके जिल्ला सचिवालय सदस्य तथा राष्ट्रिय युवा संघ नेपालका स्थायी कमिटी सदस्य खेमराज शर्माका अनुसार मतदाता नामावली संकलन र पार्टी सङ्गठनलाई टोलटोलमा बलियो बनाउनका लागि विभिन्न निर्णय गर्दै साे कार्यक्रम सुरू गरिएकाे बताए ।

शर्माका अनुसार समसामयिक राष्ट्रिय राजनीति र एमालेको १० औ राष्ट्रिय महाधिबेशनले दिएको सन्देशका विषयमा आफ्नो धारणा राखेका थिए । जिल्ला कमिटीको बैठकले गरेका निर्णयलाई समेत चर्चा परिचर्चा गर्दै मातहतका कमिटीले कार्यन्वयन गर्नुपर्नेमा शर्माले विशेष जोड दिएका थिए ।

नेकपा एमालेले अघि सारेको राष्ट्रिय अभियान समृद्द नेपाल सुखी नेपाली को महान अभिभारालाइ पूरा गर्न नेकपा एमालेलाई आगामी तिनै तहका निर्वाचनमा अत्याधिक मत सहित जिताउनुको बिकल्प नरहेको  दावी समेत व्यक्त गरे ।