संविधान दिवसका दिन बाँकेका २३ जनालाई आममाफी

कोहलपुर ।

संविधान दिवसका अवसरमा सरकारले छ सय ७० जना कैदीको बाँकी कैद माफी मिनाहा गरेसँगै बाँके कारागारबाट २३ जना कैदी छुटेका छन् ।

जिल्ला कारागार बाँकेबाट संविधान दिवसका अवसरमा २३ जना कैदीको बाँकी कैद माफी मिनाहा भएको कारागार कार्यालय बाँकेका प्रमुख जेलर अर्जुनजङ्ग शाहले जानकारी दिए ।

जिल्ला कारागार बाँकेमा रहेका १६ जना पुरुष कैदी र जयन्दू वालसुधार गृहमा रहेका ७ जना नाबालक गरेर बाँके जिल्लाबाट कूल २३ जना कैदीको बाँकी कैद माफी मिनाहा भएको जेलर शाहले जानकारी दिए ।

कैद मिनाहा भएका कैदीहरु चोरी, कर्तव्य ज्यान तथा सवारी ज्यानसम्बन्धी द्दामा कैद भुक्तान गरिरहेको उनले बताए ।

जिल्ला कारागार बाँकेमा ३ सय ५० जना कैदी अट्ने क्षमता भए पनि हाल ९ सय ४६ जना कैदी रहेको जेलर शाहले बताए । शाहका अनुसार कारागार बाँकेबाट १६ जना कैदीको बाँकी कैद माफी मिनाहा भएसँगै अब ९ सय ३० जना कैदी कारागारमा छन् ।