काठमाडौं।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाका तत्कालिन जिल्ला शिक्षा अधिकारी उपेन्द्र मन्डलविरुद्ध विशेष अदालतमा मंगलबार मुद्धा दायर गरेको छ ।
शिक्षकको नक्कली नियुक्ति पत्र बनाएको र त्यही आधारमा पदस्थापन पनि भएको देखिएको भन्दै मन्डलले भष्ट्रचार गरेको दाबी अख्तियारको छ । धनुषाको मिथिलाबिहारी नगरपालिका-९ स्थित रामजानकी प्राविमा पढाउँद आएकी निलकुमारी यादबलाई पनि प्रतिवादी बनाइएको छ ।
यादव २०७१ असोज ७ गते जिल्ला शिक्षा कार्यालयको पत्रले किसानपुरस्थित भानु उच्च मावीबाट रामजानकी प्रावीमा दरबन्दी भई पदस्थापन भएकी थिइन् । अख्तियारका अनुसार भानी उच्च माविमा यादबको शिक्षक नियुक्ती पत्र नै नक्कली रहेको पाइएको छ ।
प्रकाशित मिति : २०८० असोज २ गते मंगलबार
प्रतिक्रिया दिनुहोस्