सल्यानी समाज बैजनाथले मनायो तिज विशेष कार्यक्रम




कोहलपुर

सल्यानी समाज बैजनाथले समेत तिज विशेष कार्यक्रम मनाएको छ । सल्यानबाट बसाई सराई, जागिरि र व्यापार व्यवसायका लागि बाँकेमा आएर बसोबास गरेका सल्यानीहरुले तिज मिलन कार्यक्रम गरेका छन् ।

सल्यानीहरुले एक आपसमा माया, प्रेम, र सद्भाव कायम गराउने उद्देश्यले सल्यानी समाज बाँकेले तिज मिलन कार्यक्रम गरेको हो ।

सल्यानी समाज बैजनाथ गाउँपालिकाका अध्यक्ष प्रदिप वोहराको अध्यक्षतामा तिज मिलन कार्यक्रम भएको थियो । समाजका अध्यक्ष दशरथ चन्द लगायत महिला दिदिबहिनीहरुको उल्लेखनिय सहभागिता थियो ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० भदौ ३१ गते आइतबार