कोहलपुर ।
सल्यानी समाज बैजनाथले समेत तिज विशेष कार्यक्रम मनाएको छ । सल्यानबाट बसाई सराई, जागिरि र व्यापार व्यवसायका लागि बाँकेमा आएर बसोबास गरेका सल्यानीहरुले तिज मिलन कार्यक्रम गरेका छन् ।
सल्यानीहरुले एक आपसमा माया, प्रेम, र सद्भाव कायम गराउने उद्देश्यले सल्यानी समाज बाँकेले तिज मिलन कार्यक्रम गरेको हो ।
सल्यानी समाज बैजनाथ गाउँपालिकाका अध्यक्ष प्रदिप वोहराको अध्यक्षतामा तिज मिलन कार्यक्रम भएको थियो । समाजका अध्यक्ष दशरथ चन्द लगायत महिला दिदिबहिनीहरुको उल्लेखनिय सहभागिता थियो ।
काेहलपुर टुडे । ३१ भाद्र २०८०, आईतवार ०९:५६