पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाँकेमा बम विस्फोट हुँदा राजमार्ग अबरुद्ध

कोहलपुर ।

राप्तीसोनारी गाउँपालिका ८ नयाँ गाउँ नजिकै बम विस्फोट हुँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ ।

गत राती बम विस्फोट हुँदा राजमार्ग एकतर्फीको यातायात अबरुद्ध भएको स्थानियहरुले जानकारी दिएका छन् ।

अहिले नेपाल आर्मी र शशर्त प्रहरी टोलि खटिएको छ । एकतर्फीको यातायातलाई तत्कालको लागि बन्द समेत गरिएको छ ।

नेपाल प्रहरीले बम विस्फोटको बारेमा अनुसन्धान गरिरहेको छ ।