कोहलपुर ।
कोहलपुर नगरपालिकाका सामुदायिक र संस्थागत विद्यालयहरुको तिज नृत्य प्रतियोगितामा जिवन ज्योति स्कुल प्रथम भएको छ ।
५९ औं राष्ट्रिय बाल दिवसको अवसरमा ‘बालबालिकामा लगानी : शुनिश्चित भविष्यको थालनी’ भन्ने मुल नाराका साथ शुक्रबार तिज नृत्य प्रतियोगिता भएको थियो ।
प्रतियोगितामा नेपाल एपिएफ स्कुल द्धितीय, गोर्खा यूनाइटेड पब्लिक स्कुल तृतीय र कोहलपुर लिटिल एन्जल्स मावि सान्त्वना स्थान प्राप्त गरेका छन् । कोहलपुर नगरपालिकामा रहेको सामुदायिक र संस्थागत गरी ३९ वटा विद्यालय प्रतियोगितामा सहभागि भएका थिए ।
कार्यक्रममा कोहलपुर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष बद्रि प्रसाद जैसीको अध्यक्षतामा भएको कार्यक्रममा कोहलपुर नरपालिका उपप्रमुख संगिता सुवेदीको प्रमुख अतिथ्यतामा तिज नृत्य प्रतियोगिता कार्यक्रम भएको थियो ।
प्रतियोगिताको सम्पूर्ण व्यवस्थापन कृष्ण मावि कौशिलानगरका प्रअ दिलिप वलीले बताए ।
काेहलपुर टुडे । ३० भाद्र २०८०, शनिबार ०९:०१