कोहलपुर ।
कोहलपुर नगरपालिकाको हरित अभियानलाई ऐक्यबद्धता सहित २५ वटा ट्रि-गार्ड सहयोग गरेका छन् । शुक्रबार बैजनाथ गाउँपालिकामा रहेको कालिका लघुवित्त संस्था र सुनिल राइसका प्रोप्राइटर धन बहादुर खत्रीले २५ वटा ट्रि-गार्ड उपलब्ध गराएका हुन् ।
कोहलपुर नगरपालिकाले करिब २ हजार ५ सय भन्दा बढि कोनोकार्पस ल्यान्सिफोलियस प्रजातिको विरुवा लगाएको छ । जुन बाह्रमासे हरियाली हुन्छ भने सुन्दर देखिन्छ । त्यसको संरक्षण गर्न नगरपालिका सहित स्थानिय र सरोकारवाला व्यक्तित्व, संघसंस्थाहरुले समेत यस अभियानालाई सहकार्य गर्दै आएका छन् ।
यस अभियानलाई सहयोग र ऐक्यवद्धता दिँदै बैजनाथका संघसंस्था तथा व्यक्तिगत रुपमा समेत आएका छन् । शुक्रबार मात्र बैजनाथबाटै २५ वटा ट्रि गार्ड उपलब्ध भएका छन् ।
ट्रि गार्ड उपलब्ध गराएका घन बहादुर खत्रीले भने, ‘विरुवा संरक्षण गर्न दायित्व सबैको हो त्यसैले नगरपालिकाले चालेको अभियानमा एउटा इट्टा थपिदिएको हुँ’ थप यसलाई पूर्णता दिन सबैले सहयोग र साथ दिनुपर्ने उनको भनाई थियो ।
कोहलपुर नगरपालिका प्रमुख पूर्ण प्रसाद आचार्यले कोहलपुर नगरपालिकाको अभियानलाई ऐक्यबद्धता दिनुभएका संघसंस्था तथा व्यक्तित्वहरुलाई धन्यवाद दिए । ट्रि गार्ड हस्तान्तरण कार्यक्रममा बोल्दै आचार्यले थप हौसला मिलेको छ, कोहपलुरलाई हरित बनाउन सबैको साथ सहयोग चाहिन्छ ।’ त्यसमा सबैको साथ सहयोग गर्न अनुरोध समेत गरेका छन् ।
काेहलपुर टुडे । २९ भाद्र २०८०, शुक्रबार २१:२२