कुइकुण्डा विद्यालयले मनायो बालदिवस

मोरङ ।

मोरङको लेटाङ नगरपालिका–१ मा रहेको श्री कुइकुण्डा प्राथमिक विद्यालयले ५९ औं बालदिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाएको छ । “बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी” भन्ने मूल नाराका साथ ५९ औं राष्ट्रिय बाल दिवसको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाईएको छ ।

कार्यक्रममा बोल्दै ग्रामिण विकास संस्था उत्तरी मोरङ (हर्डन)का सामाजिक परिचालक विवेक लम्सालले बालबालिकाको हक र अधिकार संविधानमै उल्लेख गरिएको बताउँदै बालबालिकालाई व्यवहारिक शिक्षा प्रदान गर्न आवश्यक रहेको बताएछन् । विद्यालयको शैइिाक विकासका लागि हर्डनले आवश्यक सहयोग गरिरहेको बताउँदै गुणस्तरिय शिक्षा उपलब्ध गराउनुपर्ने बताएका छन् ।

कार्यक्रममा बोल्दै अभिभावक सुजता मगरले विद्यालयले विद्यार्थीहरुको पढाइसँगै अन्र्तनिहित क्षमताको पहिचान गरी सोहि अनुसारको शिक्षा प्रदान गर्न सुझाव समेत दिएकी छिन् । विद्यालयकी प्रधानाध्यापक गौरीमाया मगरले विद्यालयमा बालबालिकालाई अनिवार्य पठाई शैक्षिक उपलब्धि हासिल गर्नसकिने बताएकी छिन् ।

कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यम बहादुर मगरले विद्यालयको भौतिक विकासँगै विद्यालयको आन्तरिक आर्यश्रोतका लागि कफि खेति समेत गरिएको बताए छन् ।

बालदिवसको अवसर पारी हाजिरजवाफ, बेलुन फुटाई, ठिक बेठिक, चित्रकलाप प्रतियोगिता, मेमोरी रेस प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय भएका विद्यार्थीहरुलाई पुरस्कार समेत वितरण गरिएको थियो भने कार्यक्रमको सहजिकरण शिक्षक राम बहादुर रावतले गरेका थिए ।