राप्तीसोनारी ।
राप्तीसोनारी गाउँपालिका वडा नं २ हरिहरपुर स्थित हरियाली सामुदायिक वन उपभोक्ता समुहको अध्यक्षमा पुनः प्रेम बहादुर थारु चयन भएका छ्न ।
सोमबार सप्पन्न समुहको १४ औं सार्वजनिक सुनुवाई जनलेखा परिक्षण तथा १५ वार्षिक साधारणसभा बाट थारु पुनः अध्यक्षमा चयन भएका हुन थारूको अध्यक्षयतामा १५ सदस्य कार्यसमिति चयन गरिएको छ । समुहको उपाध्यक्षमा धनमाया वली,सचीवमा रिता थारु,कोषाध्यक्षमा शोभाराम दसौदी,सहसचिवमा देवीलाल सुनार चयन भएका छ्न ।
त्यस्तै सदस्यहरुमा बुधनी थारु,सम्झना देवी बिक ,विपना थारु ,कृष्ण थारु,निरा थारु,गितादेवी बिक,सिता थारु,इन्द्रलाल अधिकारी,दिलमाया बिक,चयन भएका छ्न! सल्लाहकारहरुमा भिम बहादुर राना सलिना खड्का चयन भएका छ्न ।
सभाको उदघाटन सत्रमा शम्शेरगज सब डिभिजन वन कार्यालयका सहायक वन अधिकृत शुसिल सुवेदीले उद्घाटन गरेका थिए ।
कार्यक्रमा बोल्दै सुवेदीले वन संरक्षणमा उपभोक्ता,कार्यसमिति र वन कर्मचारीको महत्वपुर्ण जिम्मेवारी हुने बताउदै संरक्षणमा सबैले हातेमालो गर्नुपर्ने बताए । साथै उनले वन संरक्षण गरेमा जिविकोपार्जनमा टेवा पुग्ने बताए ।
सभामा समुहका अध्यक्ष प्रेम बहादुर थारुले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए कार्यक्रममा संस्थाका कोषाध्यक्ष शोभाराम दसौदीले आर्थिक वर्ष २०७९/०८० को १९ लाख १४ हजार ७ सय ५८ बराबरको आयव्यय प्रस्तुत गरेका थिए ।
त्यस्तै समुहका कर्मचारी होम बहादुर अधिकारीले आर्थिक वर्ष २०८०/०८१ को १ करोड २ लाख ५४ हजार ५ सय ६९ रुपैयाको अनुमानित आयव्य प्रस्तुत गरेका थिए । कार्यक्रममा सहजकर्ता कृष्ण केसीले सहजीकरण गरेका थिए ।
समुहका अध्यक्ष प्रेम बहादुर थारुले सभापतित्वमा भएको कार्यक्रममा वन कार्यालय प्रतिनिधि सिर्जना कार्की छिमेकी सामुदायिक वनका प्रतिनिधि, उपभोक्ता लगायतको सहभागीता रहेको थियो ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।











प्रतिक्रिया दिनुहोस्