निजी विद्यालयलाई सरकारले उचित मुल्याङ्कन नगरेको आरोप

कोहलपुर ।

नेपाल सरकारले निजी विद्यालयहरुलाई मुल्याङ्कन नगरेको भन्दै निजी विद्यालयका सञ्चालकहरुले आरोप लगाएका छन् ।

राष्ट्रिय निजी तथा आवाशिय विद्यालय एशोशिएसन नेपाल बाँके जिल्ला समितिको शनिबार आयोजित ९ औ जिल्ला अधिवेशनको उदघाट्न समारोहमा बोल्ने सहभागीहरुले निजी विद्यालय शैक्षिक गुणस्तरको स्तर बृद्धि गर्दै अगाडि बढेको बताएका हुन् ।

तर राज्यले सरकारी विद्यालयलाई काखाँ र निजि विद्यालयलाई पाखाँ गर्न नहुने उनीहरुको धारणा छ ।

नेशनल प्याब्सन बाँकेका अध्यक्ष श्याम कुवरको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै राष्ट्रिय निजी तथा आवाशिय विद्यालय एशोशिएसन नेपालका राष्ट्रिय अध्यक्ष पाण्डव हमालले सरकारको निजि विद्यालयप्रतिको व्यवहार नितान्त बिभेदकारी भएको आरोप लगाएका हुन् ।

‘गुणत्मक शिक्षाको लागि ठूलो धनराशी बहिरिएको छ, फेरी पनि सरकारले त्यस्तै खालको शिक्षा नीति ल्याउन खोजेको छ ।’ उनले भने ।

सो अवसरमा केन्द्रीय उपाध्यक्ष सुबोधकुमार डाँगीले राज्यले आफ्नो सम्पत्तिमाथि आँखा लगाएको आरोप समेत लगाए ।

कार्यक्रममा एनप्याब्सन बाँकेका उपाध्यक्ष चिरन चन्दले सहजिकरण गरेको कार्यक्रममा प्याब्सन बाँकेका याम रावत, नेपाल राष्ट्रिय शिक्षक संगठन बाँकेका रेखा धिताल, शिक्षक महासंघ बाँकेका पवन यादव लगायतले आ–आफ्नो धारणा राखेका थिए ।

उद्घाटन सत्रपछि बन्द शत्रले नयाँ कार्यकालको लागि नयाँ कार्य समिति चयन गर्ने छ ।

कार्यक्रमलाई समापन गर्दे जिल्ला अध्यक्ष श्याम कुवरले गुणस्तरीय शिक्षाका लागि आफूहरुले निरन्तर लागि परेको र आगामी दिनमा पनि ससक्त बनाउनुपर्ने बताए ।