जनमुखी सामुदायिक वनको अध्यक्षमा खड्का विजयी

राप्तीसोनारी ।

राप्तीसोनारी गाउँपालिका वडा नं २ माथेवास स्थित जनमुखी सामुदायिक वन उपभोक्ता समुहको अध्यक्षमा टोप बहादुर खड्का विजयी भएका छन ।

शनिबार भएको निर्वाचनमा खड्का १२० मत प्राप्त गरी विजयी भएका हुन । उनका प्रतिद्धन्द्धी नेत्र बहादुर पाण्डेले ५२ मत प्राप्त गरेका थिए । त्यस्तै उपाध्यक्षमा ठवि सार्की विजयी भएकी छिन सार्कीले ७० मत प्राप्त गरेकी थिइन भने उनका प्रतिद्धन्द्धी चन्द्र महतराले ३९ मत प्राप्त गरेका थिए ।

सचिवमा सुरेन्द्र पौडेल निर्विरोध चयन भएका छन । कोषाध्यक्षमा मनमा चौधरी विजयी भएकी छिन । चौधरीले ११० दश मत प्राप्त गरेकी थिइन। उनकी प्रतिद्धन्द्धी निशा रोकाले ६० मत प्राप्त गरेकी थिइन ।

सहसचिवमा नन्दकली खत्री विजयी भएकी छिन । खत्रीले ९९ मत प्राप्त गरेकी थिइन भने उनका प्रतिद्धन्द्धी कृपाराम वलीले ६३ मत प्राप्त गरेका छन । जम्मा १९१ मतदाता मध्ये १८० मत खसेको र ३ मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।

त्यस्तै कार्यसमिति सदस्यहरुमा गीता खत्री,भगवती पाण्डे,बिना चौधरी,ललिता केसी उषा रोका, ज्ञान कुमारी बस्नेत, रेखा सुनार, मोती वली, पिंकी खत्री र प्रेरणा केसी चयन भएका छन । समुहको गत मंगलबार सम्पन्न २१ औं वार्षिक साधारणसभाबाट सचिव र अन्य सदस्यहरु निर्वाचित भएका थिए ।