Kohalpur Today Header Ads

१ सय रुपैयामा पढाई हुने समता स्कुल कोहलपुरमा नर्सिङ सेवा सुरु




कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका-११ मा रहेको समता स्कुलले नर्सिङ सेवा सञ्चालनमा ल्याएको छ । वि.स. २०७३ सालमा स्थापना भएको समता स्कुलले न्यूनतम शुल्कमा अध्यापन गराउँदै आएको थियो ।

समता स्कुलले अबदेखि समता स्कुलमा अध्ययनरत बालबालिकाको स्वास्थ्य परिक्षण गर्न नर्सिङ सेवा शुक्रबारदेखि सुरु गरेको हो । समता स्कुलका सञ्चालक रवि रोकायले बालबालिकासंगसंग अभिभावकहरुको समेत स्वास्थ्य परिक्षण गर्ने गरी नसिङ्ग सेवा सुरु गरेको बताए ।

LIfe Ok

स्कुल नर्स सेवाबाट प्रत्येक शुक्रबार नानी बाबुहरुको आधारभूत स्वास्थ्य सेवा मार्फत तौल नाप, अक्सिजनको मात्रा, पेसर, जरो लगाएत परिक्षण सहित महिनाको एक दिन सम्पूर्ण अभिभावहरुको समेत स्वाथ्य परिक्षण गरिने विद्यालयका सञ्चालक रोकायले बताए ।

यस्तै विद्यालय प्र.अ. लक्ष्मी पौडेलले मासिक १ सय रुपैयामा अध्यापन गराउदै आइरहेको उक्त विद्यालयले कोराना महामारीपछि भने अभिभावक भेला मार्फत सम्पूर्ण कक्षाका लागी आवश्यक समान तथा पठनपाठनका लागि केही न्यूनतम शुल्क कायम गरीएको बताइन् ।

यस्तै विद्यालयमा हाल कप्यूटर ल्याब, अडियो भिडियो, प्रोजेक्ट वर्क, समाचार वाचन, वादविवाद प्रतियोगिता, दृश्य अवलोकन लगाएत अतिरिक्त क्रियाकलाप सञ्चालन गरिरहेको विद्यालयका इन्चार्ज मिरा चन्द्रले बताइन् ।

समता स्कुलका शाखाहरु देशका ७७ जिल्ला सहित भारत, श्रीलंका, म्यानमार र बंलालेशमा समेत सञ्चालनमा रहेका छन् ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० भदौ २२ गते शुक्रबार