कोहलपुर ।
सामाजिक सरोकार मञ्चले कोहलपुरका जर्जर समस्याको उठान गरेको छ । बिहिबार कोहलपुर नगरपालिकामा रहेको जर्जर समस्यालाई उठान गर्दै नगर प्रमुख पूर्ण प्रसाद आचार्यलाई कार्यान्वयन गर्नुपर्ने भन्दै पत्र बुझाएका छन् ।
सामाजिक सरोकार मञ्च कोहलपुरका संयोजक राजेन्द्र कुमार श्रेष्ठले कोहलपुर ७ वटा जर्जर समस्याहरुको समाधानका लागि नगर प्रमुख आचार्यलाई कार्यान्वयन गर्नुपर्ने भन्दै पत्र बुझाएका हुन् ।
सामाजिक सरोकार मञ्च कोहलपुरका संयोजक राजेन्द्र कुमार श्रेष्ठले जनतासँग प्रत्यक्ष जोडिने र जोडिएका विषयहरुलाई विशेष ध्यान दिन अनुरोध गरेको बताए ।
कोहलपुरका जनता मात्र होइन कर्णाली, सुदुरपश्चिम र लुम्बिनी प्रदेशकै जनताहरुलाई भएका समस्याहरुलाई समाधान गर्न पहलकदमी गर्न पालिकामा पत्र बुझाएको संयोजक श्रेष्ठले बताए ।
कोहलपुरका जर्जर समस्याहरुमा कोहलपुर नगर अस्पतालबाट स्वास्थ्य विमाको सिफारिस हुनुपर्ने, दाह संस्कार घाट व्यवस्थापन गर्नुपर्ने, यातायात कार्यालय तत्काल सञ्चालन गर्नुपर्ने, पार्क व्यवस्थापन गर्नुपर्ने, टिनको पालि व्यवस्थापन गर्नुपर्ने र सब वहानको सञ्चालन गर्नुपर्ने लगायतका समस्याहरु उठाएका छन् । पत्र बुझाउन समितीका सह-संयोजक शेष कान्त शर्मा, सदस्यहरु सुरेस कुमार चौधरी, चिन्ता मणि उपाध्याय, प्रमात कुमार श्रेष्ठ र सरिता शाहीको उपस्थित थियो ।
यस्तो पत्र
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।











प्रतिक्रिया दिनुहोस्