Kohalpur Today Header Ads

ज्ञानोदय पुस्तकालयद्धारा सरसफाई कार्यक्रम सम्पन्न (फोटो फिचर)




कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिकामा-१२ मा १६ औं राष्ट्रिय पुस्तकालय दिवसको पूर्वसन्ध्यामा सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।

मंगलबार ‘पस्तौ पुस्ताका लागि पुस्तकालय’ ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रको आयोजनामा चप्परगौडी हुँदै ज्ञानज्योति मावि चप्परगौडीसम्म बजारमा सरसफाई गरिएको हो ।

LIfe Ok

सरसफाई कार्यक्रममा नगर प्रहरी, कोहलपुर जेसीज, कोहलपुर अटो मोवाइल एशोसियसन, चप्परगौडी बजार सुधार समिति र बजार टोल सुधार समिति चप्परगौडीले सहकार्य गरेका थिए ।

ज्ञानज्योति माविको नजिकै सरसफाई कार्यक्रमको कोण सभामा बोल्दै कोहलपुर नगरपालिका १२ का वडा अध्यक्ष विरेन्द्र कुमार शाहले पूर्वपश्चिम राजर्मागमा पर्ने चप्परगौडीलाई सधै सरसफाई राख्नुपर्ने भन्दै चप्परगौडीलाई सुन्दर र सफा राख्न अनुरोध गरे ।

यस्तै चप्परगौडी बजार सुधार समितिका अध्यक्ष चेतनारायण चापागाई, उवासंघका महासचिव मातृका सापकोटाले सरसफाई कार्ड बनाउनुपर्ने र नबनाउनेहरुलाई सरकारी सेवा सुविधाबाट बञ्जित गरी सरसफाई गर्न नगरपालिकालाई अनुरोध गरे ।

यस्तै ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रका सचिव एकराज शर्माले कार्यक्रम सञ्चालन गरेका थिए भने सरसफाई कार्यक्रममा संयोजक गितादेवी शर्माको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

आज नै ११ः०० बजेदेखि कोहलपुर नगरपालिका भित्रका सबै माध्यमिक विद्यालयका लागि माध्यमिक स्तरीय वक्तृत्वकला कार्यक्रमको आयोजना गर्ने भएको छ भने १५ गते विहान ७ः०० देखि रुकुमेली सेवा समाजको सहकार्यमा रक्तदान कार्यक्रम दिउँसो ११ः०० बजे देखि १९ साधारणसभा एवम् १६ औ पुस्तकालय दिवस मनाउन लागेको छ ।

वक्तृत्वकलामा प्रथम, द्दितिय, तृतीय र सान्त्वनाका लागि क्रमशः १००००, ७०००, ५००० र ३००० रहेको उप समिति संयोजक मणि प्रसाद गैरेले जानकारी दिए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० भदौ १३ गते बुधबार