बाँकेका सबै पालिकामा ‘जनतासंग माओवादी’ विशेष रुपान्तरण अभियान सुरु

कोहलपुर ।

बाँकेका सबै पालिकाहरुमा ‘जनतासंग माओवादी’ रुपान्तरण अभियान सुरु भएको छ ।

भदौ १६ देखिसुरू गर्न लागेको ‘घरघरमा माओवादी, जनजनमा माओवादी’ भन्ने मुल नाराका सहित नेकपा माओवादी केन्द्रले देशैभरि एकै पटक ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ सुरू गरेको हो ।

सोही योजना अनुसार माओवादी केन्द्र बाँकेले अभियानको तयारीका लागि आज बाँकेका ८ वटै पालिकामा पालिका कमिटीको बैठक सम्पन्न गरेको छ ।

माओवादी केन्द्र बाँके जिल्लाको पाँचौ पूर्ण बैठकले अभियान प्रभावकारी बनाउने निर्णय गर्‍र्यो । सो निर्णय अनुसार शनिबार सबै पालिका कमिटीहरुको पुर्ण बैठक सम्पन्न भएको माओवादी केन्द्र बाँके जिल्ला संयोजक नरेन्द्र पाण्डे जम्सले जानकारी दिए ।

सबै पालिका कमिटीका बैठकमा माओवादी केन्द्रका बाँके जिल्ला इन्चार्ज कुल प्रसाद केसी र जिल्ला संयोजक नरेन्द्र पाण्डे जेम्स पुगेर सम्बोधन गरेका थिए ।

पार्टी सत्ता, राज्य सत्ता र सामाजिक सत्तालाई एक अर्कामा जोड्दै सुशासन, सामाजिक न्याय र समृद्धिको महाअभियान सफल पार्न जनतासँग एकाकार अभियानको मूल उद्देश्य लिँदै सबै लाग्नुपर्ने माओवादी केन्द्र बाँके जिल्ला संयोजक नरेन्द्र पाण्डे (जेम्स)ले बताए ।

‘संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्ने, बामपन्थी एवं समाजवादी धारको जगमा राष्ट्रिय शक्तिको विकास गर्दै समाजवादको आधार तयार पार्ने अभियानको उद्देश्य हो,’ उनले भने, ‘अभियानलाई प्रभावकारी सबै लाग्नुपर्छ ।’

जिल्लाका ८ पालिकाहरूमा पार्टी संगठन सुदृढ गर्ने, जिल्लाका ८१ वडाहरूमा पार्टी संगठन सुदृढ एवं विस्तार गर्ने, हजारौं पार्टी सदस्यहरूलाई परिचालन गर्ने र लाखौं जनतामा पुग्ने लक्ष्य राखिएको इन्चार्ज जेम्सले बताए ।