कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिका ११ मा क्रकेट मैदान नजिकै नगर विकासको जग्गामा अतिक्रमण गरी निर्माण भएका टहराहरुमा बसिरहेका सुकुम्वासी नक्कली की सक्कली ? भन्ने अहिले निकै चर्चाको विषय बनेको छ ।
कोहलपुर नगरपालिकाले नगर विकासको जग्गामा बसेका वास्तविक सुकुम्बासी छन् या छैनन भन्ने जानकारी लिनका लागि नगर विकास समितिले २०७९/०५/२७ गते पारिवारिक विवरण पेश गर्ने सम्बन्धी ७ दिने सार्वजनिक सूचना जारी गरेको छ ।
नगरपालिकाले जारी गरेको सूचनालाई अटेरी गरी पारिवारीक विवरण नै बुझाएनन् ।

नगर विकास समितिको अध्यक्ष अवराज खड्काको अध्यक्षतामा वि.स. २०७५ साल पौष २० गते नगर विकास समितिको सम्पूर्ण क्षेत्रभित्र भएका अतिक्रमण सम्बन्धीत निकाय (स्थानिय प्रशासन) को सहयोग लिई क्रमशः हटाई खाली गर्दै जाने निर्णय भएको देखिन्छ । सो निर्णय भएको समयमा शान्तिनगरमा नगर विकास जग्गामा करिब ६ सय १८ घरपरिवारहरु बसेको तथ्थांक देखिन्छ ।
तर मिति २०४२ साल माघ १० गते कोहलपुर नगर विकास समितिको नाममा १०३ विगाह क्षेत्रफल रहेको नेपाल सरकारको मन्त्रीपरिषदले समेत निर्णय गरेको छ ।
नगर विकास बोर्ड बैंठकबाट २०७५/०९/२०, २०७६/१०/२४ र २०७९/०५/२३ गते अतिक्रमण गरेका संरचनाहरु हटाई खाली गर्ने भनी निर्णय भएको र २०७९/०५/१४ गते पनि पैतिस दिने एवं पटक-पटक संरचना हटाउन सूचना जारी गरेको पाइएको छ ।

भखरै भदौ ५ गते कोहलपुर नगरपालिकाको सभा हलमा ३१ राजनितिक दलका प्रमुख तथा प्रतिनिधिहरुले अनाधिकृत संरचनाहरुलाई खालि गर्न ७ दिनको अल्टिमेट जारी गरेको छ ।
सो संरचना खाली गर्न नगर प्रमुख पूर्ण प्रसाद आचार्यको नेतृत्वमा समिति तयार गरेको छ । जसमा नेपाली काँग्रेसका तर्फबाट नगर सभापति वीरेन्द्र कुमार शाह, नेकपा एमालेका तर्फबाट नगर अध्यक्ष नम प्रसाद शर्मा, नेकपा माओवादीका तर्फबाट नगर अध्यक्ष अवराज खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट नगर सभापति भरत पनेरु, राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट नगर संयोजक रुद्रमणी न्यापने, नेकपा एकिकृत समाजवादीका तर्फबाट नगर अध्यक्ष शिव डाँगी, नागरिक उन्मुक्ती पार्टीका तर्फबाट जिल्ला सचिव भूम बहादुर भण्डार, नेपाल मजदुर किसान पार्टीका तर्फबाट नगर अध्यक्ष खड्क थापा र राष्ट्रिय जनमोर्चा पार्टीका तर्फबाट नगर अध्यक्ष तिलक राज पौडेल रहेका छन् ।
अहिले सुकुम्बासी संघ, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, नेपाल कम्प्यूनिष्ट पार्टी लगायतले बस्तीमा बसिरहेको व्यक्तिहरुलाई नहटाउन भन्दै विज्ञप्ती जारी गरेका छन् । शान्तिनगरको बस्तीमा सरकारी कर्मचारीहरु समेत बस्ने गरेको पाइएको छ ।
नगर विकासको दर्तावाल जग्गा ब्यक्तीको नाममा दर्ता गर्ने भु–माफियाको कसरत निकै थियो । तर उच्च अदालत तुलसीपुर नेपालगगञ्ज इजलासले हकदाबी गर्ने पक्षहरुको हकदाबी नपुग्ने केही दिन पहिला फैसला गरिदिएको छ । पुनः पुनरावेदन अदालत हुँदै सर्वोच्च अदालतमा समेत हकदावी गर्ने पक्षहरुको हकदावी नपुग्ने भन्दै फैसला गरिदिएको छ ।
कोहलपुर नगरपालिकाको ११ मा पर्ने बागेश्वरी क्याम्पसदेखि उत्तर, पूर्वपश्चिम महेन्द्रराजमार्ग देखि दक्षिण, नेपालगञ्ज–कोहलपुर सडक देखि पूर्व र डुडुवा खोला देखी पश्चिमसम्मको ४ किल्ला भित्रको जग्गा स्वर्गिय बाबु फकिरे थारुले भुमि सम्वन्धी ऐन २०२१ को नियम १८ को उप–नियम २ बमोजिम मिति २०२१ साल असार ११ गते फांटवारी भरेकोले उक्त जमिनमा फकिरेका छोरा गया प्रशाद थारु र गोबिन्द थारुको नाममा जग्गा दर्ता कायम गरिदिन उच्च अदालत तुलसीपुर नेपालगगञ्ज इजलास, पुनरावेदन अदालत हुँदै सर्वोच्च अदालतसम्म पुग्यो । तर उच्च अदालत तुलसीपुर नेपालगगञ्ज इजलास र पुनरावेदन अदालतले गरेको निर्णयलाई नै सर्वोच्व अदालतले सदर गरिदिएको छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्