जिल्ला दुग्ध व्यवसायी संघले ५ बुँदे माग सहित जिल्ला प्रशासनमा बुझाए ज्ञापनपत्र

कोहलपुर ।

बाँके जिल्ला दुग्ध व्यवसायी संघले ५ बुँदे माग सहित जिल्ला प्रशासन कार्यालय बाँकेलाई ज्ञापन पत्र बुझाएको छ ।

बिहिबार जिल्ला दुग्ध व्यवसायी संघ बाँकेका अध्यक्ष दिपकराज भण्डारीले बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीलाई ५ बुँदै माग सहित ज्ञापन पत्र बुझाएका हुन् ।

भारतबाट अवैध रुपमा दुध तथा दुग्ध जन्य पदार्थ आयात हुने भएकोले सो स्वास्थ्यका लागि गुणस्तरीय जाँच नभई आयात हुने भएकोले नेपालीहरुको स्वास्थ्य माथि नै खेलवाड भएकोले त्यसलाई तत्काल बन्द गर्ने माग सहित प्रशासनमा ज्ञापन पत्र बुझाएका छन् ।

यस्तै ज्ञापन पत्रमा, ‘भारतीय मोटरसाइकलबाट नेपाली बजारमा अवैध रुपमा विक्रि वितरण गरेको, मापदण्ड पुरा गरी गुणस्तरीय र बैधानिक रुपमा दुग्ध पदार्थ विक्रि वितरण गर्ने व्यवसायीलाई मर्का परेको र स्थानियहरुले उत्पादन गरेको दुधले बजार नपाएको’ भन्दै प्रशासनमा ज्ञापन पत्र बुझाएका हुन् ।

यस्तै नेपाली किसानहरुले उत्पादन गरेको दुग्ध २ घण्टामा बजारमा घुमिफिरी विक्रि गरी सक्नुपर्ने व्यवस्थित गराउन माग राखिएको जिल्लाका अध्यक्ष भण्डारीले बताए ।

यस्तो छ माग पत्र