नगर स्तरीय वक्तृत्वकला प्रतियोगिता हुँदै

कोहलपुर ।

ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र कोहलपुरले १६ औ पुस्तकालय दिवसको अवसरमा पुस्तौ पुस्ताका लागि पुस्तकालय भन्ने मुल नाराका साथ १९ औ साधारणसभाको आयोजना गर्न लागेको हो ।

उक्त अवसरमा पुस्तकालयले १३ गते विहान ७:०० बजे सरसफाइ कार्यक्रमको आयोजना गरेको छ भने १३ गते ११:०० बजे देखि कोहलपुर नगरपालिका भित्रका सबै माध्यमिक विद्यालयका लागि माध्यमिक स्तरीय वक्तृत्वकला कार्यक्रमको आयोजना गर्ने भएको छ ।

कोहलपुर युवा खेलकुद तथा नगर शिक्षाको समन्वयमा १६ पुस्तकालय दिवसको अवसरमा यो कार्यक्रम आयोजना गर्ने लागेको हो । पुस्तकालयले १५ गते विहान ७:०० देखि रुकुमेली सेवा समाज जिल्ला कार्यसमितिको सहकार्यमा रक्तदान कार्यक्रम गर्ने भएको छ भने दिउँसो ११:०० बजे देखि १९ साधारणसभा एवम् १६ औ पुस्तकालय दिवस मनाउन लागेको हो ।

उक्त दिन विभिन्न विद्यामा विभिन्न व्यक्ति तथा संस्था लाई सम्मान गर्ने लागेको छ । स्व हरि प्रसाद उपाध्याय स्मृति कोष सम्मान, पुस्तकमा नियमित पढ्न आउने एक जनालाई नियमित पाठक सम्मान, पुर्व कार्यसमिती सम्मान र हरेक वर्ष पुस्तक सहयोग गर्ने व्यक्ति वा संस्थालाई सम्मान गर्ने कार्यक्रम भएको पुस्तकालयका सचिव एकराज शर्माले जानकारी दिए ।

उनले वक्तृत्वकला कार्यक्रमको लागि नगर शिक्षाले पत्राचार गरेको साथै पुस्तकालयले पनि पत्राचार गरि सकेकाले हरेक विद्यालय बाट एक जना विद्यार्थी सहभागी गराउने जानकारी दिए । वक्तृत्वकलामा प्रथम, द्दितिय, तृतीय र सान्त्वनाका लागि क्रमशः १००००, ७०००, ५००० र ३००० रहेको उप समिति संयोजक मणि प्रसाद गैरेले जानकारी दिए ।