बलात्कार आरोपमा रोल्पाका गणेश पक्राउ

दाङ ।

२१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा रोल्पा, रोल्पा नगरपालिका-४ लिवाङ बस्ने २२ वर्षीय गणेश डाँगीलाई प्रहरीले पक्राउ गरेको छ ।

डाँगीले ती महिलालाई घोराही उपमहानगरपालिका-१७ चौघेरास्थित आफ्नो भाइको कोठामा बोलाई ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।