धर्म निरपेक्षता खारेजको माग राख्दै कोहलपुरमा विरोध पर्दशन

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिकामा धर्म निरपेक्षता खारेजको माग राख्दै विरोध पर्दशन गरेका छन् ।

नेपालमा भएको पछिल्लो गौ हत्याको विषयलाई लिएर धर्म निरपेक्षता खारेजको माग राख्दै आज कोहलपुरमा विरोध पर्दशन गरेका हुन् ।

धर्म निरपेक्षता खारेज गर ! गौ हत्या बन्द गर ! गौ हत्यालाई कारवाही गर ! जस्ता नारा ठुलो स्वरमा घन्किएका थिए ।

राष्ट्रिय सनातन धर्म संस्कृति महासंघ नेपालको आयोजना र रामजानकी गौशाला–कोहलपुर, नेपाल गायत्री परिवार –कोहलपुर, श्री वैष्णुव सनातन हिन्दु धर्म–कोहलपुर, विश्व हिन्दु परिषद–कोहलपुर, वैदिक धर्म परिषद नेपाल–कोहलपुर, ब्राह्मण समाज–कोहलपुर, श्री वैष्णुव परिषद्–कोहलपुर र प्रबुद्ध जेष्ठ नागरिक मंन्च–कोहलपुरको सह-कार्यमा विरोध पर्दशन गरिएको थियो ।