सुन तस्करीको अभियोगमा थप ४ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ ।

प्रहरीले तस्करीको सुन प्रकरण अभियोगमा थप चारजना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

बुधबार चिनियाँ नागरिक टीयान मी, वेन तोङ, डीङ सेग्फा र ली–नेङकाईलाई पक्राउ गरेको केन्द्रीय प्रहरी प्रवक्ता डीआइजी कुवेर कडायतले बताए ।

प्रहरीका अनुसार उनीहरुलाई संगठित सुन तस्करीको अभियोगमा म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।

प्रवक्ता कडायतले उनीहरुलाई काठमाडौँका विभिन्न ठाउँबाट पक्राउ गरिएको बताए । योसँगै सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या २१ पुगेको छ ।