बाँकेमा गाडी दुर्घटना हुँदा कुमाख गाउँपालिकाका ३ जना घाइते

कोहलपुर ।

नेपालगन्जदेखि कुमाख गाउँपालिका रागेचौर सल्यान जाँदै गरेकाे भे १ त १०५० नम्बरको फोर्स गाडी दुर्घटना हुँदा कुमाख गाउँपालिकाका ३ जना घाइते भएका छन् ।

मंगलबार बिहान बाँकेको चिसापानीमा सवारीवहाक गाडी दुर्घटनामा परेको हाे ।

दुर्घटनामा गाडीमा सवार कुमाख गाउँपालिका वडा नं १ निवासी बसन्त राना, कुमाख गाउँपालिका वडा नं २ निवासी संगीता भाट र कुमाख २ नं वडाकी कार्यालय सहयोगी पुर्ण कुमारी राना रहेका छन् ।

घाईतेहरुको नेपालगन्ज शिक्षण अस्पताल कोहलपुरमा उपचार भईरहेको र उनिहरुको अवस्था सामान्य रहेको प्रहरी जनाएकाे छ ।