काठमाण्डौ ।
नक्कली शैक्षिक प्रमाणपत्रबारे छानबिन गर्न प्रहरीले सिटिजन्स बैंकका ६ जना कर्मचारीलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाण्डौका अनुसार नक्कली शैक्षिक प्रमाणपत्रबारे छानबिन गर्न सिटिजन्स बैंकका विभिन्न शाखामा कार्यरत ६ जनालाई पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा सिटिजन्स बैंकको बुटवलको ड्राइभर टोल शाखाकी मनीषा मास्के, मणिग्राम शाखाकी गोमा ज्ञवाली, कालिकानगर शाखाकी कल्पना खत्री, कालिकानगर शाखाकै प्रतीक्षा रेग्मी, बुटवल शाखाका खिमानन्द गौतम र दीपक बिष्ट छन्।
नक्कली प्रमाणपत्रका आधारमा बैंकका कार्यरत रहेको सूचनाका आधारमा ती ६ जना कर्मचारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरुसँग प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्