कोहलपुर सहित बाँकेका सबै ७ पालिकामा शिक्षककाे धर्ना

कोहलपुर ।

सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुले बाँकेका ८ वटै पालिकामा धर्ना सहित ज्ञापन पत्र बुझाएका छन् ।

प्रस्तावित शिक्षा ऐन २०८० प्रती विमती जनाउदै नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको आव्हानमा आज साउन २८ गते बिहान ११ः०० बजे देखि २ः०० बजे सम्म धर्ना दिदै पालिकामा ज्ञापन पत्र बुझाएका हुन ।

बाँकेकाे काेलपुर नगरपालिकाका नगर प्रमुख पुर्ण प्रसाद आचार्यलाई ज्ञापन पत्र बुझाइएकाे थियाे।साे अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठनका राष्ट्रिय उप महासचिव एकदेव पन्थी ,ए नेपाल शिक्षक संगठनका केन्द्रीय सचिव विरेन्द्र मल्ल, महासंघ बाँकेका अध्यक्ष पवन यादव, नेपाल शिक्षक संघ बाँकेका अध्यक्ष ऋषि शर्मा,नेपाल राष्ट्रिय शिक्षक संगठनका काेहलपुर नगर इन्चार्ज बिनाेद भट्टराई लगाएतकाे उपस्थिति रहेकाे थियाे।

यसैगरी नेपालगन्ज उप महानगर पालिका, खजुर गाउँ पालिका, बैजनाथ गाँउपालिका लगाएत आठै वटा पालिकामा धर्ना र ज्ञापन पत्र बुझाउने काम सम्पन्न भएकाे महासंघका सचिव महेश शर्माले जानकारी दिए।

शिक्षकहरुका पेसागत संस्थाहरुसँग विगतमा सरकारले गरेका सहमतीहरु कार्यान्वयन गराउँन माग गर्दै शिक्षकहरु आन्दोलित भएका हुन ।

आन्दोलनको चरणबद्ध कार्यक्रम अनुरुप पहिलो चरणको पहिलो दिनको कार्यक्रम अन्तर्गत आज २८ गते स्थानिय पालिकामा धर्ना तथा ज्ञापन पत्र बुझाइएको महासंघ बाँकेका अध्यक्ष पवन यादवले जानकारी दिए।

नेपाल शिक्षक महासंघको पहिलो चरणको आन्दोलन अन्तर्गत सामुदायिक विद्यालयमा कर्यरत शिक्षक कर्मचारीहरु पालिका स्तरीय धर्नामा बसेका हुन् ।

आन्दोलन अन्तरगत महासंघले सबै पालिका प्रमुखलाई ३० बुँदे र ५१ बुँदे सहमती पत्र पेस गरेका थिए ।