प्रयोगात्मक र अनुसन्धानमा उत्कृष्ट बनाउन बाल ज्योतिमा जीन बैंक स्थापना

कोहलपुर

बाँकेको कोहलपुर नगरपालिका ११ मा रहेको बाल ज्योति माध्यमिक विद्यालयमा जीन बैंक स्थापना गरिएको छ ।

शुक्रबार सिर्जना सामुदायिक वन र बाल ज्योति माविको सम्झौतामा विद्यालयमा रैथाने, लोपउन्मुख र औषधिजन्य बिरुवा संरक्षण गरी विद्यार्थीलाई वनबारे प्रयोगात्मक र अनुसन्धान कार्यमा उत्कृष्ट बनाउन जीन बैंकको स्थापना गरिएको हो ।

बाल ज्योति माविका प्रिन्सपल दामोदर पौडेलले जीन बैंकको स्थापना पछि रैथाने, लोपउन्मुख र औषधिजन्य बिरुवा संरक्षण गरी विद्यार्थीलाई वनबारे प्रयोगात्मक र अनुसन्धान कार्यमा उत्कृष्ट बनाउने लक्ष्यका साथ जीन बैंक स्थापना गरेको बताए ।

पौडेललका अनुसार विद्यालयको प्राङ्गनमा करिब ५० भन्दा बढि रैथाने, लोपउन्मुख र औषधिजन्य बिरुवा लगाएको बताए ।

सामुदायिक जीन बैंक सञ्जाल नेपालका अध्यक्ष पुरमल बस्नेतले जलिय, किट, वनस्पति, बाली, फल फूललगायतका संरक्षण गर्नुपर्ने बताए । उनले जीन बैंकले विद्यार्थीहरुको अनुसन्धान क्षमता बढ्दै जाने र पर्यापर्यटनमा समेत टेवा पुग्ने बताए ।

यस्तै इलाका सब डिभिजन वन कार्यलय कोहलपुरका प्रमुख राज बहादुर चौधरीले बोट बिरुवाको महत्व, संरक्षण, वैज्ञानिक अनुसन्धानमा विद्यार्थीलाई जानकारी दिँदा निकै प्रभावकारी हुने बताए ।

पछिल्लो समयमा बालबालिकाहरुले वनमा पाइने बनस्पतीबाट के कस्तो औषधि हुन्छ, बन्छ, यसको संरक्षण किन गरिन्छ, विश्वबजारमा यसले कस्तो प्रभाव पारेको छ भन्ने जस्ता विषयहरुलाई इलाका सब डिभिजन वन कार्यलय कोहलपुरका प्रमुख चौधरीले चर्चा गरेका थिए ।

यस्तै सिर्जना सामुदायिक वनका अध्यक्ष सुमन पौडेलले बालबालिकालाई बनबारे जानकारी दिने उद्देश्यले निर्माण गरिएको जीन बैंक अत्यन्तै राम्रो कार्य भएको बताए ।

 

‘यो हरेक विद्यालयहरुले यो कार्यक्रम ल्याउनुपर्छ,’ उनले भने, ‘कुन विरुवाबाट कुन औषधी हुन्छ भन्ने बारे जानकारी दिनुपर्छ ।’ जसले गर्दा संरक्षण तथा सम्र्बद्धनमा टेवा पुग्ने अध्यक्ष पौडेललको भनाई थियो ।

कार्यक्रममा विद्यालयका सल्लाहाकार मधुसुदन न्यौपाने, सहायक प्रिन्सपल चिरञ्जीवी सुवेदी, बालज्योति स्कुल फिल्ड जीन बैंकका संयोजन कमल बृढाक्षेत्री, शिक्षक कमला वली लगायत विद्यालयका शिक्षक, विद्यार्थी, सिर्जना सामुदायिक वनका उपभोक्ता सहित करिब पाँच सय भन्दा बढिको सहभागिता रहेको थियो ।