नगर स्तरीय मावि खुल्ला कविता प्रतियोगितामा बालज्योति प्रथम, जन ज्ञानज्योति द्वितीय

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिकामा नगर स्तरीय खुल्ला कविता प्रतियोगितामा बालज्योति मावि प्रथम भएको छ ।

शुक्रबार कोहलपुर नगर शिक्षा शाखाको आयोजना र जन ज्ञानज्योति माविको समन्वयमा नगर स्तरीय खुल्ला कविता प्रतियोगिता भएको हो ।

खुल्ला कविता प्रतियोगितामा बालज्योति माविमा अध्ययनरत निकिता बोहरा प्रथम, जन ज्ञानज्योति माविमा अध्ययनरत करुणा खनाल द्वितीय, लक्ष्मी माविमा अध्ययनरत लक्ष्मी बुढा तृतीय र डाइनामिक माविमा अध्ययनरत श्रेया पौडेल सान्तोना भएकी छिन् ।

कोहलपुर नगरपालिका प्रमुख पूर्ण प्रसाद आचार्यको प्रमुख अतिथि तथा जनज्ञानज्योति माविका प्रअ सुमित्रा न्याैपानेको अध्यक्षतामा खुल्ला कविता प्रतियोगिता भएको हो ।

कार्यक्रममा जनज्ञानज्योति माविका विव्यस अध्यक्ष खिमलाल बास्ताेला, एनएनटिएका राष्ट्रिय समितिका उपमहासचिव एकदेव पन्थी र शिक्षक महासंघ कोहलपुरका नगर अध्यक्ष राम प्रसाद चापागाई लगायतको उपस्थिति थियो ।

यस्तै खुल्ला कविता प्रतियोगितामा १० विद्यालयका २० जना विद्यार्थीहरुको सहभागिता भएको थियो ।

प्रतियोगितामा पुस्कर रिजाल, विमला कुमारी खत्री र देवकी निरौला मुल्याकंनकर्ताको रुपमा रहेका थिए भने कार्यक्रम गायत्री हमालले सञ्चालन गरेकी थिइन् ।

प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय र सान्तोना हुने बालबालिकाहरुलाई स्टेशनरी तथा प्रमाणपत्र कोहलपुर नगर प्रमुख आचार्यले हस्तान्तरण गरेका थिए ।