भगवती पोख्रेल कोहलपुर ।
कोहलपुर देशकै नमूना सहरका रूपमा विकसित हुँदै गर्दा उपचारको लागि आउने बिरामीहरुको चाप पनि बढै गएको छ । कोहलपुर मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा दैनिक बिरामीहरुको चाप बढैजांदा रगतको अभाव त्यतिकै बढेको छ ।
कोहलपुरमा आएका बिरामीहरु लाई रगतको अभाव हुन नदिन कोहलपुरका प्रतिष्ठित व्यक्तिहरुको उपस्थित सहितको भेलाले कोहलपुर नगरस्तरिय नेपाल स्वयंसेवि रक्तदाता समाजको गठन गरेको छ ।

उक्त समाजका केन्द्रिय सदस्य गोविन्द वाग्लेको प्रमुख आतिथ्यता तथा नेपाल रेडक्रस सोसाइटी कोहलपुर उपशाखाका सभापति दिनेश सिग्देलको उपस्थितमा समाजको गठन गरिएको हो । उक्त भेलाले समाजसेवी चिन्तामणी धितालको अध्यक्षतामा समिति गठन गरेको छ । उक्त समितिको उपाध्यक्ष हेम कुमार रावत, सचिव रामभक्त लम्साल, कोषाध्यक्ष डा. देवेन्द्र आचार्य, सह सचिव याम कुमारी न्यौपाने (कल्पना) र सदस्यहरुमा एकराज शर्मा, राजेन्द्र विष्ट, मायाराम थारु, टि पि न्यौपाने, जगत रामदाम सहित ११ सदस्य समिति गठन गरेको नेपाल रेडक्रस सोसाइटी कोहलपुर उपशाखा सभापति दिनेश सिग्देलले जानकारी दिए । भेलाले २ महिला सदस्य पछि थप गर्न निर्णय समेत गरेको छ ।
समितिको पहिलो वैठकले यहि श्रावण २८ गते मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस एवम् कोहलपुरको ठूलो शैक्षिक संस्था वागेश्वरी बहुमुखी क्याम्पसमा विद्यार्थी लाई रक्तदाता पहिचान तथा उत्प्रेरणा कार्यक्रम सञ्चालन गर्ने निर्णय समेत गरेको समाजका केन्द्रिय सदस्य गोविन्द वाग्लेले जानकारी दिए ।
उक्त कार्यक्रममा बोल्दै नवगठित समितिका अध्यक्ष चिन्तामणि धितालले अब कोहलपुरमा रगतको अभाव भै कसैको ज्यान नजाने वताए । समितिले हरेक शिक्षण संस्थामा गैइ नियमित रक्तदाता तयार गर्ने र समय समयमा रक्तदान सन्चालन गर्न आफू कट्टिबद्द भएको वताए । यसका लागि सबैको सहयोग अनिवार्य हुनुपर्ने कुरामा जोड दिए ।

कार्यक्रममा कोहलपुर उधोगवाणिज्य संघका अध्यक्ष लक्षमणराज पौडेल, उपाध्यक्ष चन्डी गैरे लगायतको उपस्थित रहेको थियो ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्